नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षको पत्राचार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन भइसकेपछि औपचारिक घोषणा हुन बाँकी छ । केपी ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गर्दै माधव नेपाललाई अध्यक्ष बनाएको प्रचण्ड–नेपाल समूहले पार्टीको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको छ।
देशभर पार्टीको खातामा बिभिन्न बैंक र शाखामा रहेको सम्पूर्ण बचत रोक्का गर्न पत्राचार गरेको बताइएको छ ।
‘बैंक खाता रोक्ने केन्द्रीय कमिटीकै निर्णय अनुसार बैंकहरुलाई चिठ्ठी पठाइएको पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताएका छन् ।
निर्वाचन आयोगबाट पार्टीको नाम र चुनाव चिन्हबारे निर्णय नआएसम्म र अदालतको फैसला नआएसम्म खाता रोक्का गर्नु भनी पत्राचार गरिएको पाण्डेले बताएका छन् ।