प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्न मिल्दैन : वामदेव

काठमाडौं । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत भएपनि सर्वोच्च अदालतले संवैधानिक इजलासमा सुनुवाई गरिरहेका कारण प्रतिनिधि सभा विघटनलाई अब असंवैधानिक कदम भन्न नमिल्ने बताएका छन् ।
आज राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले अदालतले पुनःस्थापना गरिदिए पनि यो कदम असंवैधानिक भन्न नमिल्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने बेला र प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउँदा आफूलाई नसोधेको भन्दै गुनासो गर्दै नेता गौतमले प्रधानमन्त्रीको कार्यशैलीले नेकपामा समस्या आएको र त्यही कारण संसद विघटन हुन पुगेको बताएका छन् ।
‘आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउनुभन्दा पहिल्यै राजीनामा दिने थिए ।’ गौतम भने ।