“गुल्मीको छ्त्रकोटमा काङ्ग्रेसको विरोध सभा सप्पन्
– प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको असंवैधानिक संसद विघटन विरुद्ध नेपाली काङ्ग्रेस गुल्मी निर्वाचन क्षेत्र न. १ प्रदेश (ख) ले गुल्मीको छत्रकोटमा विरोध प्रदर्शन गरेको छ ! विरोध सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले नेकपाले आफुले पाएको झन्डै दुई तिहाईको सुबिधाजनक बहुमत लाई बादरको हातमा नरिबल बनाएको भन्दै कम्युनिस्ट पार्टीले पार्टीको लडाइँका कारण देशलाई भडखालोमा हालेको आरोप लगाउनु भयो ! नेता भण्डारीले कोरोनाका कारण जनता सडकमा भोकभोकै तडपिएको नदेख्ने सरकार झलनाथ खनालको फाउन्डेसन लाई करोडौं पैसा दिएर आफ्नो स्तर प्रष्ट पारेको बताउनु भयो ! वहाँले यो सरकारले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको भन्दै अब अन्तिम आसा अदालत संग रहेको र अदालतको निर्णय जे आउँछ काङ्ग्रेसले त्येसैलाइ स्विकार्ने बताउनु भयो ! उक्त कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले देशको परराष्ट्र निति इतिहासकै कमजोर स्थितीमा आइपुगेको बताउनु भयो ! आफनै जिल्लाका नेता परराष्ट्रमन्त्री हुदा बिदेशी नेताहरू नेपालका प्रधानमन्त्रीको शयनकक्ष सम्मै पुगेको देख्दा आफुलाइ पिडाबोध भैरहेको बताउनु भयो ! पार्टी विवाद मिलाउने नाममा पटक पटक भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुको नेपाल भ्रमणलाई लक्ष्यित गर्दै नेता पन्थीले पार्टी मिलाउने नाममा देशको छवि नधमिलाउन चेतावनी समेत दिनुभयो ! क्षेत्रिय सभापति हरि अर्यालको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन सचिव धातानन्द भण्डारीले गर्नु भएको थियो ! धाता भुसालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा नेबिसंघ पुर्व केन्द्रिय सदस्य मोति भण्डारी, नेबिसंघ जिल्ला कार्यवाहक सभापति रामजी पन्थी लगाएतले बोल्नु भएको थियो !