निर्वाचन घोषणा सम्वैधानिक : कांग्रेस उपसभापति निधि
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनाको सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला छिट्टै हुनुपर्ने बताएका छन ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि कांग्रेस मान्न तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभा बिघटन असंवैधानिक र चुनाव घोषणा संवैधानिक भएको बताउँदै नेता निधिले चुनावमा जानुपरे कांग्रेस संघीयता, गणतन्त्रको सम्बद्र्धन र जनताको दुःखको मुद्दालाई लिएर जाने बताएका छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन् । ती रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।