साढे ६ करोड कर छली गर्ने व्यवसायीविरुद्ध मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली बिल बीजक प्रयोग गरी राजस्व छली गर्ने व्यवसायी अमिरी ठाकुरविरुद्ध मुद्दा दायर गरेको छ।
विभागका अनुसार बारा जिल्ला विश्रामपुरस्थित शुलभ टे«ड कन्सर्नका प्रोप्राइटर ठाकुरले ६ करोड ५२ लाख कर छली गरेको पाइएपछि उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर भएको हो ।
शुलभ टे«ड कन्सर्नले वस्तु तथा सोव खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी २०६८ देखि २०७४ सम्म २ करोड १५ लाख र आयकर ४ करोड ३६ लाख चुहावट गरेको पाइएको विभागले जनाएको छ।