सत्तारुढ दल नेकपामा दन्त बझान
काठमाडौं । सत्तारुढ दल नेकपाका नेताहरु अहिले दन्त बझानमा व्यस्त छन । प्रतिनिधिसभा बिघटनपछि बिभाजनको डिलमा पुगेर पनि प्राबिधिक रुपमा मात्र नेकपा जोडिएर बसेको छ । बिभाजनको औपचारिक घोषणा गर्न बाँकी रहेको नेकपाका नेताहरु एकले अर्को समुहलाई अहिले गाली गलौज र हिलो छ्यापेर रमाइरहेको स्थिति छ । नेकपाका नेताहरुको यो कार्यबाट नेपाली जनता मात्र होइन अन्तराष्ट्रिय समुदायसमेत तीनछक परेका छन ।
२०७७ साल शुरुवात सँगै सत्तारुढ दल नेकपा भित्र अन्तरबिरोध शुरु भएको थयो । त्यो अन्तरबिरोध बढदै गएर आखिर एक महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेसँगै बिस्फोटमा परिणत हुन पुगेको छ ।
आगामी बैशाख १७ र २७ गते दुई चरणमा आम निर्वाचन गर्ने घोषणा प्रधानमन्त्री ओलीले गरेपछि नेकपाको बिवाद सतहमा मात्र आएको छैनकी नेकपा घोषितरुपमा दुई समुहमा बिभाजित भएर दन्त बझानमा लागेका छन । चुनाव हुने नहुने कुरामा संशय नै छ तर निर्वाचन आयोले आफनो तयारी अगाडि बढाइसकेको छ । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपालसहितका एक दर्जन मानिसहरुले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् ।
सर्वोच्च अदालतले सवै मुद्धाको प्रक्रिया पुरा गरेर संवैधानिक इजलाशमा गत आइतवारदेखि निरन्तर सुनुवाई गरिरहेको छ । छिटो भन्दा छिटो अदालतले आफनो बिचार फैसला दिनेगरी काम गरिरहेको पनि छ । तर अदालतलाई नै मानमर्दन गर्ने गरी आफनो पक्षमा फैसला होस भन्ने नेकपाका दुवै समुहका नेताहरु भाषणबाजी र प्रचारबाजीमा लागिरहेका छन ।
प्रधानमन्त्री ओलीका कदमलाई लिएर प्रचण्ड–माधव नेपालको आन्दोलन जारी छ । आगामी दिनमा नेकपा कसरी अगाडि बढछ र नेपाली जनताको आवश्यकतालाई के कसरी सम्वोधन गर्छ भन्ने बिश्वास दिलाउनतिर उनीहरुको ध्यान जान सकिरहेको छैन । प्रधानमन्त्री ओली र उनको प्रवृतिलाई खुइल्याउने कामहरु धेरै भइरहेका छन । यसैगरी प्रधानमन्त्री ओली पनि यसमा के कम । उनी पनि बिगतका बिषय कोटटएर आफुइतरका समुहको उछित्तो काढेर जनता हसाईरहेका छन ।
उनीहरु दुवै समुहको काम भनेकै हिजोआज एकले अर्कोलाई दोष दिएर आफु भने पानी माथिको ओभाने बन्न खोजिरहेको देखिन्छ । माधव–प्रचण्ड समुहले गाउँ गाउँबाट जनतालाई दुख दिएर काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गरेका छन । जनता प्रधानमन्त्री ओलीको प्रतिगमनको बिपक्षमा छन भन्ने सन्देश दिएको बताइरहेका छन् । यही कुरालाई प्रधानमन्त्री ओलीले साघुँरो गल्लीमा मान्छे जम्मा गर्दैमा आमसभा हुदैन भनेर व्यथ्य गरेका छन् ।