आफ्नै फोटोलाई परस्त्री ठानेपछि पतिमाथि चक्कु प्रहार

आफ्नो श्रीमान र परस्त्रीको एउटा अश्लिल तस्बिर देखेको भन्दै मेक्सिकोकी एक महिलाले श्रीमानलाई चक्कु प्रहार गरेकी छिन् । चक्कु प्रहारबाट ती पुरुष घाइते भएका छन् । वास्तवमा ती महिला लियोनोराले आफ्नै र श्रीमानबीचको अश्लिल तस्बिर देखेकी थिइन् ।
तस्बिरमा आफैंलाई चिन्न नसक्दा ती महिलाले आफैंलाई परस्त्री सम्झिएर श्रीमान हुवाँ एनमाथि आक्रमण गरेको प्रहरीले बताएका छन् ।
तस्बिरमा उनीहरु दुवै आपत्तिजनक अवस्थामा देखिएको बताइएको छ । सो तस्बिर हुवाँले केही वर्ष अगाडि खिचेका थिए ।
श्रीमतीले चक्कु प्रहार गरिरहँदा उनले ती परस्त्री को हुन् भनेर प्रश्न गरेको बताइएको छ । प्रहरीका अनुसार हुवाँ श्रीमतीको चक्कु प्रहारबाट बाँच्न सफल भए । तर उनको हात तथा खुट्टामा चोट लागेको बताइएको छ । तस्बिरमा आफैंलाई दुब्लो देखेकाले ती महिलाले आफूलाई नचिनेको बताएकी छिन् । हाल उनलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको छ । एजेन्सी