प्रधानमन्त्रीले पशुपतिमा पूजा गरेपछि हिन्दु राष्ट्रपक्षधर उत्साहित
प्रधानमन्त्री ओली सोमवार पशुपतिनाथ गएर पूजाआजा गर्दै सवालाख बत्तिसमेत बाले पछि हिन्दु राज्यको माग गर्दै आएकाहरुलाई उत्साहित भएका छन् ।
प्रधानमन्त्री ओली धर्मकर्ममा लागेपछि नेपाललाई हिन्दु राज्य घोषणा हुन सक्ने भन्दै हिन्दु राष्ट्रपक्षधरहरु प्रधानमन्त्री ओलीले चालेका कदमलाई स्वागत गर्दै खुल्ला रुपमा बाहिर निस्कने योजना भित्रभित्रै बनाउँदै गरेको बुझिएको छ ।
हिन्दु राज्य र संबैधानिक राजतन्त्र कायम गरेमा ओलीलाई आम नेपालीले साथ दिने उनीहरुको तर्क छ । नेपाल पुनः हिन्दु राष्ट्र हुन सक्ला तर राजतन्त्र फर्किने सम्भावना भने धेरै कम छ । राजनीतिमा असम्भव भन्ने हुँदैन भनिन्छ, त्यसैले थोरै आशा गर्न सकिन्छ, तर विश्वास गर्न सकिदैन ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बहस चलिरहेको छ । वहस सकिने अझै केही महिना लाग्ने र निर्वाचन आयोगमा पनि नेकपाको आधिकारिताबारे विवाद कायमै छ । जसले गर्दा वैशाख १७ र १७ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था छैन । यसको संकेत गृहमन्त्री रामबहादुर थापाले नै गरिसकेको छन् । सोमवार कालिकोटको एउटा कार्यक्रममा पुगेर गृहमन्त्री थापाले सर्वोच्च अदालतबाट निर्णय आउन ढिलो भएमा
निर्वाचन सर्न सक्ने बताइसकेका छन् ।
गृहमन्त्री थापाकै भनाईअनुसार मध्यावधि निर्वाचन वैशाखमा हुने अवस्था छैन र देखिदैन । तर प्रधानमन्त्री ओली र उनको सरकारमा रहेका अरु मन्त्रीलगायत नेताहरुले भने निर्धारित मितिमै चुनाव भएरै छाड्ने दावी गरेका छन् । अब चुनाव कसैले रोकेर नरोकिने बताउँदै कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न निर्देशन समेत दिइसकेका छन् ।
चुनावमा भाग लिनुपर्ने मुख्य राजनीतिक दलहरु संसद पनस्र्थापना नै पहिलो माग भन्दै सडक आन्दोलन गरिरहेका छन । प्रधानमन्त्री ओलीको समुह, नेपाली कांग्रेसको देउवा समूह, मजदुर किसान पार्टी र कमल थापाको राप्रपाले मात्र चुनावमा जाने निर्णयको पक्ष लिएका छन् । उनीहरुबाहेक अहिले कुनै पनि राजनीतिक दल र समूहले चुनावमा भाग लिने संकेत त के चुनावको ‘च’ पनि उच्चारण गर्न पनि मानिरहेका छैनन् ।
गत पुस ५ गते झण्डै दुई तिहाई सांसदको समर्थनमा प्रधानमन्त्री बनेको ओलीले संसदलाई हठात र सनकको भरमा बिघटन गरेर चुनावको मिति घोषणा गरेका छनु । प्रधानमन्त्रीको यो घोषणालाई प्रायः सवै राजनीतिक दलहरुले बिरोध गरिहेका छन । उनीहरु अहिलेको आवश्कता चुनाव होइन, प्रतिनिधिसभा पुनस्र्थापनको हो भन्दै त्यही मागका साथ सडक आन्दोलन गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले तीनवर्ष अगाडि मुलुकको बागडोर संहाले देखि नै आफ्नो समुह र कोटरीबाहेकका नेता, कार्यकर्ता र आम नागरिकलाई सौतेनी व्यवहार गर्दै आइरहेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको छ । प्रधानमन्त्री ओलीले पार्टी भित्रका नेताहरुले आफुलाई सहयोग नगरेकाले नयाँ जनादेशका लागि निर्वाचनमा जानु परेको बताउँदै आएका छन् । पाटीभित्रका नेताहरुले असहयोग गरे भन्दैमा प्रतिनिधिमुलक संस्थालाई बिघटन गर्न हुँदैनथ्यो । पार्टीभित्रको विवाद अध्यक्ष र प्रधानमन्त्रीका नाताले उनले समाधान गर्न सक्नु पथ्र्यो । पार्टीका नेतहरुलाई विश्वासमा लिन नसक्नु उनकै कमजोरी हो ।