होटल व्यवसायी मञ्च गुल्मीको
बाह्रौं वार्षिक साधारण सभा सकियो
होटल व्यवसायी मञ्च गुल्मीको बाह्रौं वार्षिक साधारण सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । ‘ग्राहकका लागि सेवा, सेवाका लागि व्यवसाय, सबैका लागि मञ्च’ भन्ने मूल नाराका साथ स्थापना भएको यस संस्थाले शनिबार रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोडमा अवस्थित आफ्नो कार्यालयमा एक औपचारिक कार्यक्रमका बीच बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
होटल व्यवसायी मञ्चका संस्थापक अध्यक्ष एवम् होटल व्यवसायी महासंघ केन्द्रिय सचिवालय सदस्य युवराज भण्डारीले विभिन्न सरकारी गैरसरकारी निकायहरुमा समन्वय गरि यस मञ्चको हितका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले व्यवसायीहरुको हकहितका लागी आफु साथमै रहेको उल्लेख गर्नुभयो ।
होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेलले यस वर्ष कोभिड–१९ का कारण व्यवसायीहरुको ठुलो उपस्थितिमा कार्यक्रम गर्न नसके पनि प्रत्येक व्यवसायीको घरमा गई प्रतिवेदन प्रस्तुत गरि कार्यक्रम गर्दा अझ भिन्न र प्रभावकारी भएको दाबी गर्नुभयो । अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीयतहले नियम बनाउँदा होटल व्यवसायीहरुसँग समन्वय नगरेकोप्रति आपत्ती जनाउनुभयो ।
कोरोना महामारीका बीचमा पनि मञ्चले व्यवसायीहरुको हितका लागि केही महत्वपूर्ण कार्यहरु सञ्चालन गरिरहेको छ । कोभिडले होटल व्यवसायीहरुलाई पारेको प्रभावका बिषयमा विभिन्न सन्र्दभमा सम्बन्धित निकायहरुमा ध्यार्नाकृष्ट गराउने, दैवी प्रकोप लगायतबाट समस्यामा परेका होटल व्यवसायीलाई आर्थिक सहयोग गर्ने लगायतका कार्यहरु गरेको जानकारी गराउनुभयो ।
जिल्लाको वातावरणीय अवस्थालाई ध्यानमा राखी होटलहरुबाट निस्कने मदिराजन्य खाली बोत्तल स्थानीय तहको समन्वयमा होटल व्यवसायी मञ्चले संकलन कार्य गरि सम्बन्धित कम्पनीमा पु¥याउने कार्य सञ्चालनमा ल्याएको बताउनुभयो । रेसुङ्गा नगरपालिका वडा नम्बर दुई बागमारेमा होटल व्यवसायी मञ्चको आफ्नै कार्यालय सञ्चालनका लागि जग्गा खरिद गरिएको अध्यक्ष कंडेलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
होटल वयवसायी महासंघ नेपालको पहलमा कोभिड–१९ को महामारीबाट धरासाई भएका होटल व्यवसायीलाई पुर्नउत्थान गर्ने उद्देश्यले ग्लोबल आइ.एम.इ.बैङ्क र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियत दरमा देशै भरिका होटल व्यवसायीहरुलाई लाभ हुने गरि ऋण लिने सम्झौता भएको समेत बताइएको छ ।
संस्थाको सक्रियतामा रेसुङ्गा नगरपालिकालाई सिसा प्रदुषणमुक्त बनाउने अभियान शुरु गरिएको र रेसुङ्गा नगरपालिकाबाट सहयोग र सद्भाव पाइएकाले यसलाई निरन्तरता दिने उल्लेख छ । प्रतिवेदनमा संस्थाको भवन निर्माण गर्नका लागि स्थानीय निकाय, प्रदेश तथा संघीय सरकार संघसंस्थाहरुसँग आर्थिक सहयोग माग गर्ने, सदस्यता थप गर्ने, होटल व्यवसायी मञ्च र व्यवसायीहरुको लागत साझेदारीमा सहकारीको अवधारणासहित सहकारी पसल, सुपथ पसल सञ्चालन गर्ने कार्ययोजना बनाइएको बताइएको छ ।
मदिराजन्य खाली बोतल संकलन कार्यलाई थप प्रभावकारी बनाई निरन्तरता दिने र जिल्लालाई सिसा प्रदुषणमुक्त बनाउने, स्थानीय तहहरुले नियम, कानून बनाउँदा संस्थासँग समन्वय नगर्दा व्यवसाय सञ्चालनमा समस्या भएकाले समाधानका लागी पहल गर्ने, जिल्लाभरि अनुगमन गर्दा किराना पसलहरुबाट मदिराजन्य पदार्थ बिक्रि गरेको र डिलरहरुले खुद्रा मूल्यमा पनि बिक्रि गरेको पाइएकोले सम्बन्धित निकायसँग छलफल गरी होटल व्यवसायीको हितमा काम गर्ने बताइएको छ ।
कोषाध्यक्ष टीकाराम भण्डारीले यस संस्थाको आर्थिक वर्ष २०७६÷०७७ को कुल रु १० लाख ८९ हजार ९८७ रुपैँया ६८ पैसा तथा चालु आर्थिक वर्षको पौष मसान्तसम्मको रु ८ लाख ५५ हजार ६५५ रुपैँय १७ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा बिशेष सल्लाहकार मुकुन्दहरी गौतमले समेत मन्तव्य राख्नुभएको थियो । होटल व्यवसायी मञ्चका अध्यक्ष कंडेलको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव लालमणी आर्चायले गर्नुभएको थियो ।
वार्षिक साधारण सभामा उपाध्यक्षहरु बिष्णु प्रसाद ज्ञवाली, जंग बहादुर कुँवर, सह–सचिव मधु मर्हजन, सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ, मौयाँ कार्की, पावती गौचन, टेमलाल खनाल, झविन्द्र भट्टराई, खुमानन्द ज्ञवाली, धनकला गौतम, वामी शाखा अध्यक्ष फुल प्रसाद सापकोटा, त्यस शाखाका कोषाध्यक्ष रामचन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।