सेनाले आज किन बख्तरबन्द गाडी चक्रपथ घुमाउँदैछ ?

काठमाडौं । नेपाली सेनाल आज राति बख्तरबन्द गाडी चक्रपथ परिक्रमा गराउने भएको छ । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको जनाएको छ ।
त्यस्तै सेनाले मुलुकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनु भएको छ । नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूूचना जारी गरेको छ ।
सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गथ्र्यो । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।