अवहेलना मुद्दामा प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई आज ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
प्रचण्डले काठमाडौंमा आयोजित सभालाई सम्वोधन गर्दै ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइने’ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको उक्त अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने जिकिर गर्दै
अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध अदालतको अवहेलना सम्वन्धी मुद्दा दर्ता गरेका थिए ।