संवैधानिक निकायको नियुक्तिविरुद्ध कांग्रेसले संघर्ष गर्ने

सभापति भागवण्डा खोज्ने, प्रवक्ता संघर्ष रोज्ने !

काठमाडौं । कानूनी र राजनीतिक विवादकै बीच सरकारले संवैधानिक निकायका प्रमुख आयुत्त, आयुक्त, अध्यक्ष, सदस्यहरुलाई सपथग्रहण गराएपछि कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले त्यसका विरुद्ध संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।
सरकारले बुधबार विभिन्न संवैधानिक आयोगहरुमा रिक्त ३४ पदाधिकारी नियुक्ति गरेको विषयलाई लिएर कांग्रेसले विधि उलंघनको आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथग्रहण विधि उल्लंधनको शृंखला भएको बताएका छन् ।
प्रवक्ता शर्माले लेखेकाछन् ‘विधि उलंघनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति छ ’ क्रमशः १. संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, २. त्यसपछिको बैठक, ३. आजको सपथग्रहण, दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनीभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।’
तर आज सपथग्रहण गरेकाहरुमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट केही व्यक्तिहरु समेत छन् । सम्वैधानिक निकायका पदाधिकारीहरुको पदपूर्तिका लागि बसेको सम्वैधानिक परिषद्को वैठकमा प्रतिपक्षी दलका नेता देउवा उपस्थित नभएपनि उनकै सहमतिमा प्रधानमन्त्री ओलीले देउवाका मान्छे समेत समेटेर नियुक्ति गरेको खबर सार्वजनिक भएको थियो ।

संवैधानिक आयोगहरुमा नियुक्त पदाधिकारीहरुलाई आज विहान राष्ट्रपति कार्यालयमा सपथ गराइएको थियो भने उनीहरुले आजै पदभार ग्रहण समेत गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार आज नियुक्तिकाहरुमा निम्न अनुसार छ :