कथा – अग्निकलश

किताब नपढ्नेहरूले जीवन बुझ्छन् कसरी ?
‘गुस्लाभ फ्लोरबेअरलाई पढेका छौ ?– अहँ छैन ।
‘अल्बेअर कामुका बारेमा केही थाहा छ ?’ छैन ।
‘जाँ पाल सात्र्र ?’ पटक्कै नाम सुनेको छैन ।
‘फ्यदोर दस्तोएभ्स्की नि ?’ कस्तो अप्ठ्यारो नाम सोधेको ?
‘आइमाइबिनाका लोग्नेमान्छेहरू’ पढेका छौ ? अर्नेस्ट हेमिङ्वेको यो पुस्तक त पढेका छौ होला ! कि छैन ?’ आजै नाम सुन्दैछु ।’
शेक्सपियर मरेको झन्डै तीन सय वर्षसम्म युरोपमा कुनै गतिलो नाटककार जन्मेन । हेनरिक जन इब्सनले नर्वेको मात्र होइन, युरोपकै इज्जत जोगाएका थिए होइन त ?’
केही थाहा छैन । मलाई त सस्ता हिन्दी जासुसी उपन्यासका बारेमा मात्र थाहा छ । अलिअलि नेपाली साहित्य पढेको छु ।
‘शेलीले सोह्र वर्षे प्रेमिकालाई भगाएर स्कटल्यान्ड पु¥याएको कुरा कतै पढेका छौ त ?’
प्रश्न गर्नेले प्रहरीले अभियुक्तलाई बयान लिएभैंm धेरै कचकच गरिरह्यो । उत्तरदाता एउटा सिकारू साहित्यकार थियो । केही क्लिस्ट, दुरूह र अर्थ न बर्थका शब्दहरू खाँदेर ऊ बीस–पच्चीस पंक्तिका कथित कविताहरू लेख्थ्यो । आलाकाँचा ठेट्नाहरूको बथानमा ताली पाउने रहरमा त्यस्तै सस्ता कविताहरू सुनाउँदा सुनाउँदै उसलाई मानिसहरूले साहित्यकार भन्न थालेका थिए ।
‘हरितन्नम भइसकेका जन डिकन्सका छोरा थिए– चाल्र्स डिकन्स । कुन्ठा, विषाद र हीनताबोधले ग्रस्त । अभाव र अपमानको ज्वालामा पिल्सिएका बाबु जन र आमा एजिलावेथबाटअंशमा पाएको व्यथा र अभावले चाल्र्सलाई आजीवन सताइरह्यो । तर उनले लेख्न र पढ्न कहिल्यै छाडेनन् । लोग्नेमान्छेहरूलाई नक्कली प्रेममा डुबाएर मोज गर्न पल्केकी मारिया बिडनेलको नौटंकी मायाले झन्डै बहुलाए चाल्र्स । तर दुई वर्षपछि त्यो नखरमाउलीप्रति मोहभंग भयो । धन्न सुध्रिए । समझदार सालीको माया र सहयोग नपाएको भए मूर्ख पत्नीबाट उनी सायद सधैँ प्रताडित रहन्थे । पत्नीसँग सम्बन्धविच्छेद भएपछि मात्र साँचो अर्थमा चाल्र्स साहित्यिक आकाशमा चम्किन थाले । जीवनका अँध्यारा पक्षहरूको उत्खनन गरेर पाठकलाई रूवाउन र हँसाउन सिपालु थिए उनी । उनका उपन्यासहरू आज पनि श्रद्धाका साथ पढिन्छ । किन थाहा छ ? हरेक मुटुलाई स्पर्श गर्न सक्ने क्षमता थियो उनको कलममा ।
पहिलो पात्रको धाराप्रवाह भाषण सुनेर दोस्रो पात्र ट्वाल्ल प¥यो । पहिलो पात्र बोलिरह्यो । जन्मिनु, हुर्किनु, विवाह गर्नु, छोराछोरी जन्माउनु, मोजमज्जा गर्नु र अन्त्यमा मृत्युको मुखमा पुग्नु नै जीवनको अर्थ होइन ।
दोस्रो पात्रले पहिलो पात्रका सबै कुरा बुझेन । किनभने ऊ देशदेशान्तरका कुरा गथ्र्यो ।
दोस्रो पात्रले पुनः सोध्यो– तपाईँको जीवनमा कतिवटा पुस्तक पढ्नुभएको छ ?
पहिलो बोल्यो– ‘गणना गरेको छैन । तर म सुन्दर युवती र सुन्दर पुस्तकहरू पढ्न रूचाउँछु । राम्रा पुस्तक र राम्रा केटीले ऊर्जा दिन्छन् ।’
दोस्रो पात्र हाँस्यो ।
पहिलो पात्र बोल्यो– ‘जीवनको अर्थ बुझ्न नसकेर अधिकांश मानिस रून्छन् । बहुलाउँछन् । छट्पटाउँछन् । पीडित भइरहन्छन् । विचिलित हुन्छन् । तसर्थ जीवनलाई आल्हादमय बनाऊ । अहर्निश उत्सव बनाऊ । उमंग जगाऊ । मृगशावक समान चञ्चल नयन भएकी सुन्दरीले प्रहार गरेको कामास्त्रको सशक्त सामना गर । भर्तृहरिले किन भने त– कमलाक्षीहरूभन्दा लोभलाग्दो चीज संसारमा कुनै छैन । अनुरागी मानिस मात्र ज्यूँदो रहन्छ संसारमा । वितरागी, निरासी र कुन्ठितहरूका लागि संसारमा त मसानघाट नै हो । बुझ्यौ मित्र ?’
पहिलो मात्र मौन बस्यो । धेरैबेर बोलेन । दोस्रोले उत्सुकतापूर्वक सोध्यो– कस्तो कुरा गरेको तपाईँले । यो उमेरमा पनि यस्तो ? पहिलो पात्रले जीवनको अर्थ सुनायो– ‘जीवनलाई संकुचित नबनाऊ । भोग । बेस्सरी भोग । अतीत सम्झेर किन रून्छौ ? अनिश्चित वर्तमानको किन पीर गर्छौ ? स्साला मान्छे फोकटमा अहंकार देखाउँछ । करोडौंको सम्पत्ति र सुखमय संसार त्यागेर ऊ एकदिन अनन्त यात्रामा जान्छ । निर्वाण, परलोक, स्वर्ग, नर्क वा जे नाम देऊ, मृत्यु आखिरमा मृत्यु नै हो । त्यसैले बाँचुञ्जेल रोगमुक्त बाँच । शोकमुक्त बाँच । तनावमुक्त बाँच । अभावमुक्त बाँच । स्वतन्त्र भएर बाँच । मर्यादित बनेर बाँच । आफ्नो जीवनलाई आफ्नै खुसीले बिताऊ । किन बेच्छौ आपूmलाई ? किन बाँधिन्छौ हत्कडीमा ?’
दोस्रो पात्र सन्तुष्ट हुन सकेन । उसले प्रश्नैप्रश्न ग¥यो– किन आदर्शका कुरा गर्नुहुन्छ ? तपाईंले बेच्नुभएन जीवनलाई ? पेट पाल्नका लागि तपाईंले आपूmभन्दा धेरे अयोग्य मान्छेहरूलाई हात जोड्नुभएको हो कि होइन ? अनि कहिले किन बेच्नु भो आपूmलाई ? किन अरूका लागि मात्र बाँच्नु भो ? तपाईंको हक खोई ? अरूलाई लेखक, कवि, पत्रकार र गीतकार बनाएर आपूm किन एकलब्य भैmँ टुलुटुलु हेर्न बाध्य हुनभो ? कहाँ हराउनु भो तपाईं समयको जंगलमा ? कहाँ बिलाउनु भो मान्छेको भीडमा ? खोई तपाईंका रहरहरू ? कहाँ छन् खुसीहरू ? कसले बुझ्यो तपाईंको पीडा ? बाँच्ने उपक्रममा दिनदिनै मर्नुपर्ने, गाली र यातना भोग्नुपर्ने, दुई कौडीका मान्छेहरूको तिरस्कार, अपमान र लाञ्छना सहनुपर्ने ? छिः यस्तो पनि जिन्दगी हुन्छ ?
थाहा भयो उसलाई, दोस्रो पात्रले प्रेमपूर्वक क्रोध पोख्यो । रिसमा पनि प्रेम हुन्छ र प्रेममा पनि रिस । पहिलो पात्रले हाँसले टार्न खोज्दा पनि सकेन अनायास उसका नयन तलाउभैmँ देखिए– ‘यार म पनि चाहन्थेँ, अनुगारी बनूँ । मदलीला र कामक्रीडामा मस्त भएर जीवनको आनन्द लिइरहूँँ । खुला जमिन, सुन्दर शान्त ठाउँ, आकर्षक घर, मायालु पत्नी, चुलबुले छोराछोरी, सम्मानित अतिथिहरूको स्वागत, देशदेशान्तरसम्म पैmलेको कीर्ति, कमलनयनी प्रेमिका, रागद्वेषरहित जीवन अनि पाइला पाइलामा प्रगति । सोचेजस्तो हुँदोरहेनछ जीवन । जीवन वास्तवमा एउटा प्रहेलिका र युद्ध रहेछ । प्रेम र युद्धमा सबै जायज हुन्छ भनेका छन् कसो । तर पनि कहाँ त्यस्तो हुँदोरहेछ र ? म आज युद्धबन्दी जस्तो बनेको छु । स्वतन्त्र बसेको देखिए पनि मेरा खुसीहरूमा हत्कडी लगाइएको छ । आवाजविहीन छु । लेखक भएर के गरूँ, आफ्नै जीवनको कथा लेख्न सक्दिनँ । परिवार, समाज, नातागोता, साथीसँगी सबैलाई खुसी पार्न खोज्दाखोज्दै मेरो कपाल फुलिसकेको छ कहिले बाँचे म आफ्ना लागि ? कहिले हाँसे आफ्ना लागि ? तिमीले ठीकै भन्यौ, म पनि बन्दी बनेको रहेछु । कैदी रहेछु ।
सायद त्यसैले रूसोले भनेका होलान्– ‘मानिस स्वतन्त्र जन्मिन्छ तर चारैतिरबाट ऊ बाँधिएको हुन्छ ।’
दोस्रो पात्रको अनुहार मलीन भयो । रूमाल निकालेर उसले आँसु पुछ्यो । एकछिन वातावरणमा सन्नाटा छायो । सुन्दर उपवनका बीचमा अवस्थित यो रिसोर्टमा पाँच सातजना विदेशी पर्यटक मात्र छन् । आफ्नै सुरमा छन् उनीहरू । जीवनको अर्थ खोज्दै आएका हुन् उनीहरू, कंक्रिटका जंगलबाट प्रकृतिको मनोहर, शान्त, सुरम्य र सुरक्षित काख खोज्दै आएका ।
‘प्रेम, ज्ञान, धन, मान, आराम, आनन्द र प्रशंसा खोज्नु मानिसको स्वभाव हो । धन, ज्ञान, मान र दर्शनमा भन्दा मानिस प्रेमको भोको हुन्छ । ऊ प्रेम दिन र पाउन चाहन्छ । तर यो विनिमय होइन । जीवनको साँचो अर्थ खोज्नेले बाहिर भौंतारिनु पर्दैन । अन्तरदृष्टिले अन्तरात्मालाई सूक्ष्म निरीक्षण गरे पुग्छ ।’
पहिलो पात्रले प्रेमको अर्थसँगै जीवनको अर्थ बुझाउन खोज्यो । साहित्य, संगीत, कला, दर्शन र चेतनाका हरेक तन्तुमा सप्तरंगी इन्द्रेणी थपेर जीवनलाई उमंग दिन्छ प्रेमले । मानिसलाई ऊर्जावान बनाउँछ प्रेमले । दीपकमा तेलको काम गर्छ प्रेमले । त्यसैले प्रेम नबुझ्नेले जीवन बुझ्न सक्दैन । चर्मचक्षु र ज्योतिजस्तै अन्योन्याश्रित छ जीवन र प्रेम ।’
पहिलो पात्रको दार्शनिक व्याख्याले दोस्रो पात्र अलि शान्त भयो तर बहस टुंगिएन ।
‘मैले जीवनमा केही केटीहरूलाई मन पराएँ । तर म आज निस्सार, उदार अनि शुष्क छु ।’ दोस्रो पात्रले गुनासो गरेपछि पहिलो पात्र कडा शब्दमा बोल्यो– ‘तिमी दास होइनौ भने समयसँग विद्रोह गर । मान्छे जस्तो बाँच्न सिक । रसिक र प्रफुल्ल भएर बाँच । कति पिउँछौ आँसु ? के त्यो पानी, बियर र कोकाकोला हो ? हृदयको झ्याल खोलेर ऊ टाढाटाढा हेर त, मान्छेहरू कति खुसी छन् । हो, त्यही खुसी हो जीवनको अर्थ ।
उमेरले कान्छो दोस्रो पात्र बोल्यो– ‘तपाईं परिवारको खुसीमा बन्दी हुनुभयो । आफ्ना सारा इच्छा, आकांक्षा, सपना, लक्ष्य र पुलकित भइरहने सुकोमल बालकजस्तो सुशोभित मनलार्य कर्तव्यबोधको बुल्डोजरले निर्ममतापूर्वक पेलेर आदर्श पति र जिम्मेवार बाबु बन्न खोज्नुभयो । आज एउटा न्यानो काख र एक अञ्जुली माया तपाईंका निम्ति मृगतृष्णा बनेको छ । के यही हो जीवन ? अब बाँच्नु होस् आफ्ना लागि । एउटा सुदूर गाउँमा गएर सुललित, शान्त, स्निग्ध, स्नेहमय र कञ्चन प्रेममा चुर्लुम्म डुबिरहनु होस् । छताछुल्ल होस् माया । भौतिक सुखसुविधाका लागि आजीवन आफ्ना खुसीहरूको हत्या गरिरहनुभन्दा नितान्त निजी जीवन सुखमय हुन्छ । झोपडी नै किन नहोस्, अविरल प्रवाहित नदीमा माछा रमाए झै तपाईं प्रेममा डुबिरहन सक्नुहुन्छ । तपाईंले खोजेको र सोचेको आखिर त्यति होइन त ? पहिलो पात्र क्षितिज हेरेर टोलाइरह्यो । टाढाटाढासम्म ऊ खोजिरहेथ्यो केही नयाँपन ।