गुल्मीमा पहिलो चरणमा एक हजार सात सय
भन्दा धेरैले लगाए कोरोना विरुद्धको खोप
गुल्मीमा पहिलो चरणमा एक हजार सात सय भन्दा धेरैले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा १ हजार ८ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा, १ हजार ७ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिनुभयो । यस जिल्लामा माघ १५ गते देखि खोप लगाउन सुरु गरिएको थियो ।
जसमा पाँच सय ९८ जना स्वास्थ्यकर्मी, १ सय ८२ जना स्वास्थ्य संस्थाका अन्य कर्मचारीहरु, महिला स्वास्थ्यस्वयंम सेविका ७ सय ६० जना, पालिकाका सरसफाईकर्मीहरु ६ जना, एम्बुलेन्स, संवबाहन, चालक २८ जना, बृद्धआश्रमका आस्रित तथा हेरालु ४६ जना, कैदी तथा सुरक्षाकर्मी ९८ जना, अन्य १७ जनाले पहिलो चरण अन्र्तगत कोरोना भाइरस विरुद्धको खोप लगाएका शर्माले जानकारी दिनुभयो ।
पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने डा.शर्माले जानकारी दिनुभयो । अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यक्रताले खोप लगाइदिएका हुन् ।
दोश्रो चरणमा २ हजार ३ सय ८ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । डा.शर्माका अनुसार अबको एक हप्तामा दोश्रो चरण अन्र्तगत यस जिल्लामा रहेका १२२ वटा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई खोप लगाइने छ ।
जिल्लाका १२ वटा स्थानीयतहमा कार्यरत कर्मचारीहरु गरि ८ सय ७१ जना, जिल्ला प्रसाशन कार्यालयका २७ जना, जिल्ला प्रहरी तथा वडा प्रहरी कार्यालय गरि २२ वटा कार्यालयका २ सय ९५ जना कार्यरत कर्मचारीलाई खोप लगाइने छ ।
यस्तै सशस्त्र प्रहरी कार्यालयका १ सय ४५ जना, मालपोत कार्यालयका २९ जना, नापी कार्यालयका १७ जना, विद्युत कार्यालयका ९१ जना, खानेपानी कार्यालयका १६ जना, हुलाक कार्यालयका २८० जना, टेलिकम कार्यालयका १८ जना, बैक सहकारी फाइनान्सका ४१२ जना, कर कार्यालयका ४ जना, कृषि पशु विज्ञ केन्द्र १० जना, जिल्ला स्थित यातायात कार्यालयका ९३ जनालाई खोप लगाउने लक्ष्य राखिएको शर्माले जानकारी दिनुभयो ।