चुनाव गरेर प्रम ओलीले गल्ती सच्याउनुपर्छ : कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले
कांग्रेस चुनावमा जान तयार रहेको बताएका हुन् ।
नेता बस्नेतले प्रतिनिधि सभा पुनस्र्थापनाले समस्याको समाधान नदिने बताउँदै चुनावमै जानु पर्नेमा जोड थिएका छन् । तर हाल चुनावको वातावरण भने बिगार्दै गएको बस्नेतले बताएका छन् ।
खतरामा रहेको संविधानलाई ट्रयाकमा ल्याउनका लागि पनि चुनाव आवश्यक रहेको उनले बताए ।
अदालतको निर्णयलाई कांग्रेसले सम्मान गर्ने वताउँदै बस्नेतले अदालतलाई थ्रेट दिने काम कहीँकतैबाट हुन नहुने बताएका छन् ।
अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे पनि कांग्रेसले त्यसलाई स्वीकार गर्ने वताउँदै चुनावमा जान पनि तयार रहेको बताएका छन् ।