प्रधानमन्त्री ओलीलाई राजीनामा दिन नागरिक आन्दोलनको दवाव

काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनु पर्ने माग गरेको छ ।
संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै नागरिक अगुवाहरुले ओलीको राजीनामा मागेका हुन् ।
शुक्रबार बसन्तपुरबाट सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी महिलाहरुले प्रधानमन्त्री ओलीमा थोरै भएपनि नैतिकता भए तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
निर्मला पन्त, सम्झना बिक, भागरथी भट्ट लगायतको बलात्कारपछि हत्या हुनुमा शासकहरू नै दोषी रहेको आरोप लगाउँदै उनीहरुले महिलाको आवाज दबाउने, शान्ति सुरक्षा नदिने प्रतिगामी शासकविरुद्ध गाउँ, शहरबाट महिलाहरूलाई उठ्न उनले आव्हान गरेका छन् ।