मरणोपरान्त शरीर दान गर्ने जोशी दम्पतीको घोषणा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका छन् । ललितपुर महानगरको कार्यालय पुल्चोकमा आज आयोजित एक कार्यक्रममा उनले आफूहरुको शरीर दान दिने औपचारिक घोषणा जोशी दम्पत्तिले घोषणा गरेका हुन ।
मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णयमा पुगेको जोशीले जानकारी गराएका छन् । किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क हेरचाह र उपचार गर्दै आएको बताइएको छ ।


औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भएपनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ भन्ने जानकारी मिलोस् भनेर पनि दान गर्न लागिएको जोशीले बताएका छन् ।
१०० वर्षभन्दा बढी वाँचेका मानिसको फोक्सोको अवस्था कस्तो थियो ? मुटुको अवस्था कस्तो छ ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरुले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न स्वीकृति दिएको जोशीले बताएका छन् ।