गुल्मीमा खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गरिने
गुल्मीमा खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गरिने भएको छ । लोगो वितरणका लागि शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजना तथा होटल व्यवसायी मञ्चको सहकार्यमा सदरमुकाम तम्घासमा खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण सम्बन्धि होटल व्यवसायीहरुलाई अभिमुखिकरण दिइएको छ ।
त्यस अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले यस जिल्लामा बेला–बेलामा बहु निकायको समन्वयमा बजार अनुगमन गर्ने गरिएको बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले यस जिल्लामा सञ्चालित होटल व्यवसायहरुले प्रदान गर्ने सेवा–सुविधाहरु सन्तोषजनक रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा गरिने बजार अनुगमनलाई अझ उद्देश्यमूलक बनाउने उल्लेख गर्नुभयो ।
बिशेष अतिथि एवम रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले अभिमुखिकरण कार्यक्रम फलदायीपूर्ण रहेको बताउँदै भन्नुभयो, ‘आफु ग्राहक हुँदा जस्तो सेवाको अपेक्षा गछौँ । सेवा प्रवाह गर्दा त्यसलाई ध्यान पुर्याए मात्र पुग्छ ।’ बिशेष गरी सदरमुकाममा सञ्चालनमा रहेका बधशालाहरु अव्यवस्थित रहेको उल्लेख गर्नुभयो । अनुगमनका क्रममा सचेत गराएका कारणन कतिपयले सुधार ल्याए पनि पूर्ण रुपमा हुन नसकेको उल्लेख गर्नुभयो । स्वास्थ्य नै महत्वपूर्ण भएकाले आहार–विहारमा पनि बिशेष ध्यान पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।
गुल्मी उद्योगा वाणिज्य संघका महासचिव ताराप्रसाद भुसाल, गुल्मी चेम्बर अफ कमर्सका उपाध्यक्ष रेमलाल पाण्डे, उपभोत्त mा मञ्चका सचिव युवराज भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च जिल्ला अध्यक्ष ललिता गौतमले होटल व्यवसाय सञ्चालन गर्दा सरसफाइलाई बिशेष ध्यान पु¥र्याउन आग्रह गर्नुभयो ।
होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेलको स्वागत मन्तव्य रहेको अभिमुखिकरण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अधिकृत विमल कुमार दाहालले खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण सम्बन्धि होटल व्यवसायीहरुलाई अभिमुखिकरण दिनुभएको थियो । श्रव्य–दृश्य र सचित्र रुपमा प्रदान गरिएको अभिमुखिकरणमा बिशेष गरि लोगो वितरण सम्बन्धि सुचाङ्कहरुका बिषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले गर्नुभएको थियो ।
निवेदन आव्हान गरिएको छ ।
नारायण प्रसाद भण्डारी ः सहाय प्रजिअ , जिल्ला प्रसाशन
रेसुंगा नगरपालिका स्वास्थ शाखा प्रमुख ः( बोम अर्याल
होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष ः( भेषराज कंडेल
गुल्मी उद्योग वाणिज्य संघका महासचिव ः तारा प्रसाद भुसाल
गुल्मी चेम्बर अफ कमर्स का उपाध्यक्ष रेमलाल पाण्डे ।
युवराज भण्डारी
होटल व्यवसायीहरूलाई
भेषराज कंडेलको स्वागत मन्तव्य
खाद्य स्वच्छताको आधार मा होटल रेष्टुरेन्ट स्तरीकरण लोगो वितरण सम्बन्धि तथा अभिमुखिकरण कार्यक्रम
पाल्पाका निमित्त प्रमुख ः( नरेश श्रेष्ठ ले सञ्चालन
एक महिना पछि
पलि