नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ
गुल्मीले २४ औं स्थापना दिवस मनायो
नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ गुल्मीले २४ औं स्थापना दिवस मनाएको छ । नेपाली काँग्रेसको जिल्ला स्थित पार्टी कार्यालय बी.पी स्मृति भवन तम्घासमा वर्तमान अवस्थाबारे अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरि आफ्नो स्मृति दिवस मनाएको हो । त्यस अवसरमा नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले आफू भित्र भएको हिनताबोधलाई हटाएर अगाडी बढ्न आग्रह गर्नुभयो ।
सचिव पन्थीले भन्नुभयो, ‘आफूभित्र भएको हिनताबोधलाई हटाएर अगाड बढ्नुस् । सफलता टाढा छैन् ।’ सचिव पन्थीले नेपाली समाज अहिले पनि अन्धविश्वासबाट माथि उठ्न नसकेको बताउनुभयो । ‘दलितको श्रम चल्ने, सीप चल्ने तर मान्छेलाई दलित भनेर अपहेलित गर्ने, यो कस्तो बिडम्बना।’ सचिव पन्थीले भन्नुभयो ।
नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानले दलित, महिला जनजाति एवम् पछाडि पारिएका समुदायको उत्थानका लागि थुप्रै व्यवस्था प्रदत्त संविधान दिए पनि कार्यान्वयनका सन्र्दभमा वर्तमान सरकारले ती अधिकारहरुलाई कुण्ठित गरिहरको बताउनुभयो ।
सचिव पन्थीले भन्नुभयो, ‘काठमाडाँैको सिहंदरबारले दलितका बस्ति चिनेन । गरिब, दलितहरूको उत्थानमा बनेको वर्तमान सरकार भष्ट्रचारमा चुर्लुम्म डुब्यो ।’ लामो कालखण्ड देखि पछाडि परेको समुदायको उत्थान, समृद्धि र विकासका लागि वर्तमान् सरकारले ध्यान नदिएको बताउनुभयो । चुनावी माहोलमा सस्तो लोकप्रियताका लागि दलित समुदायको भोट खरिद गर्ने र सांसद भएपछि उनीहरुको समस्या बिर्सने परिपाटीको अन्त्य हुनु पर्ने बताउनुभयो । काँग्ेस नेता पन्थीले भन्नुभयो ‘दलितको भोट किन्छु । सांसद बन्छु, भन्ने परिपाटीको अन्त्य गर्न आवश्यक छ ।’
नेपाली काँग्रेसका जिल्ला सदस्य एवम् दलित विभाग प्रमुख झविन्द्र विश्वकर्माले अहिले संविधान संकटमा परेको बताउनुभयो । अहिले संविधान संकटमा पर्दा ठुलो बलिदानी र त्यागबाट प्राप्त गरेका दलितका अधिकारहरु खतरामा पर्ने बताउनुभयो ।
पछिल्लो समय दलित आन्दोलन कमजोर हुँदै गएको बताउँदै आन्दोलनलाई सशक्त बनाएर लैजानुपर्ने बताउनुभयो । एक प्रसँगमा नेता विश्वकर्माले राज्यले नै जातीय छुवाछुतलाई व्यवस्थित गरिहेको बताउनुभयो । सरकारले दलितलाई हिजो अपमान जनाउने शब्दहरुलाई आफ्ना कागजातहरुमा अहिले तथ्याङ्क संकलनमा प्रयोग गरिरहेको उल्लेख गर्दै यसले जातीय विभेद्लाई थप व्यवस्थित गरेको बताउनुभयो ।
क्षेत्रिय सभापति भगतसिङ खड्काले नेपाली काँग्रेसले परिकल्पना गरेको भेदभाव रहित समाज निर्माणको परिकल्पनालाई पुरा गर्न पार्टी सधैँ क्रियासिल रहेको बताउनुभयो । जननायक एवम् नेपाली काँग्रेसका प्रणेता बीपी कोइरालाले दलित, जनजाति सबै वर्गलाई सँगसगैँ लिएर अगाडी बढेको गौरपूर्ण इसिहास बोके पनि यसको जानकारी तल्लोतह सम्म पुर्याउन नसकिएको बताउनुभयो ।
नेपाल महिला संघ जिल्ला सचिव देवी कुँवरले दलितहरूको अधिकार स्थापित र उनीहरूलाई अगाडि ल्याउन ऐक्यवद्धता जनाउनुभयो । वरिष्ठ उपाध्यक्ष शेर बहादुर चुँदारा, उपाध्यक्ष शेर बहादुर विश्वकर्माले समाजमा व्याप्त रहेका कुप्रथाहरुको अन्त्यका लागि काँग्रेसले आफ्ना अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
दलित संघ जिल्ला सदस्यहरु यम बहादुर विक, टीका विक, थम्मन नेपाली, दलित संघ रेसुङ्गा नगर सभापति धन बहादुर नेपाली, लगायतको आतिथ्यता रहेको थियो । त्यस अवसरमा कमल सुनार, रिता चुँदारा र गीता चुँदारालाई दलित संघको जिल्ला सदस्यमा मनोनित गरिएको छ । दलित संघका जिल्ला अध्यक्ष लुम बहादुर श्रीपालीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव नविन विश्वकर्माले गर्नुभएको थियोे ।