सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति, के छ सहमतिमा ?

काठमडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच आज एक कार्यक्रमका बीच तीन वुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सरकार र नेकपाबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको थियो । सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।
सोही सहमतिको विस्तृत विवरण आज हस्ताक्षरका साथ सहमति सार्वजनिक गरिएको हो । सहमति सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली र विप्लवले सहमतिलाई पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तो छन् सहमतिका तीन बुँदा :
१. दुवै पक्ष नेपाल सरकार र नेकपा वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत भएका छन् ।
२. नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमति भएको छ ।
३. सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन, जेलमा रहेका बन्दी रिहाइ गर्न र नेकपा नेतामाथिका सबै मुद्दा खारेज गर्ने सहमति भएको छ ।