लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाद्वारा सेयर सदस्यहरुलाई वित्तिय साक्षरता प्रदान

लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी सस्था लिमिटेड गुल्मीले सेयर सदस्यहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर –१ क्याम्पसरोडमा अवस्थित यस सहकारीले आफ्ना सेयर सदस्यहरुलाई लक्ष्यित गरि सदस्य शिक्षा तथा वित्तिय साक्षरता प्रदान गरेको हो । रेसुङ्गा नगरपालिका कार्यक्षेत्र रहेको यस सहकारीले नगरपालिकाको वडा नम्बर–९ मा अवस्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा सदस्य शिक्षा तथा वित्तिय सारक्षता कार्यक्रम आयोजना गरेको थियो ।

राष्ट्रियस्तरको प्रोबेसन ब्राण्ड लगातार २ पटक सम्म हासिल गर्न सफल भएको गुल्मी जिल्लाकै पुरानो सहकारीले वित्तिय सचेतना मार्फत सदस्यको आर्थिक, सामाजिक जिवनस्तरलाई उकास्ने उद्देश्यले सदस्य शिक्षा तथा विीत्तय सारक्षता सञ्चालन गरेको संस्थाले जनाएको छ ।
लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुवनप्रसाद अर्यालको सभापतित्व रहेको सदस्य शिक्षा तथा साक्षरता प्रदान कार्यक्रममा केशर बहादुर थापाको प्रमुख आतिथ्यता तथा टोपबहादुर बस्नेतको आतिथ्यता रहेको थियो । त्यस कार्यक्रममा यस संस्थामा आवद्ध ८० जना सेयर सदस्य सहभागी हुनुभएको थियो ।
त्यस अवसरमा संस्थाका उपाध्यक्ष तथा शिक्षा उपसमितीका संयोजक गणेश श्रेष्ठको स्वागत मन्तव्य राख्नुभएको थियो । भने कोषध्यक्ष कृष्णप्रसाद पोखरेलले सेयर र परिचयपत्र वितरण, व्यवस्थापन तथा संस्थाका व्यवस्थापक कल्पना बस्नेतले कार्यक्रम संचालन गर्नुभएको थियो । सचिव बलबहादुर कुँवरको समेत मन्तव्य राख्नुभएको थियो ।
कार्याक्रममा यस क्षेत्रका बुद्धिजिवी, सामाजिक व्यत्तित्व, संस्थासंग चासो र सरोकार राख्ने अन्य शुभचिन्तक लगायतको उपस्थितीले कार्याक्रमको शोभा बढाएको थियो । कार्यालय सहयोगी विपना सराङकोटी र उपल्लो तम्घास माध्यमिक विद्यालय प्रशासनका मित्रलाल मरासिनीले यस कार्याक्रम संचालनमा सहयोग गर्नुभएको थियो ।