गुल्मीमा दोश्रो चरणको कोभिड–१९ विरुद्धको खोप लगाउन शुभारम्भ

ः गुल्मीमा दोश्रो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन शुभारम्भ गरिएको छ । दोश्रो चरण अन्र्तगत जिल्लाका १२ वटा स्थानीयतहमा खोप लगाउन शुरु गरिएको हो । वडामा रहेका स्वास्थ्य चौकीबाट खोप लगाउन शुरु गरिएको डा.शर्माले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका, सत्यवती, कालिगण्डकी, चन्द्रकोट, इस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकामा खोप लगाउन शुरु गरिएको छ । दोश्रोचरणको अभियान १० दिनसम्म चल्ने उहाँले बताउनुभएको छ ।

यस जिल्लामा दोश्रो चरण अन्र्तगतको पहिलो दिन ६५ वर्ष माथिका ५ हजार ८ सय ७६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जसमा इस्मा गाउँपालिकामा ६३० जना, धुर्कोट गाउँपालिकामा ७१९ जना, चन्द्रकोट गाउँपालिकाबाट ६९४ जना, मुसिकोट नगरपालिकाबाट ९५७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

यस्तै मालिका गाउँपालिकाबाट ९०५ जना, सत्यवती गाउँपालिकामा ८२१ जना, मदाने गाउँपालिकाबाट ६३० जना, कालीगण्डकी गाउँपालिकाबाट ५२० जनाले खोप लगाएका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

अहिले पर्याप्त खोप नआएकाले रेसुङ्गा नगरपालिका, गुल्मी दरवार गाउँपालिका, छत्रकोट गाउँपालिका र रुरु क्षेत्र गाउँपालिकामा भने खोप लगाउन बाँकी रहेको छ । यस जिल्लामा ६५ बर्ष माथिका १८ हजार ८ सय ८३ जना जेष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाउँदैछन् ।