एमालेका ओली र नेपाल समूहबीच कैलालीबाट झडप शुरु
महेन्द्रनगर । नेकपा (एमाले) को दुई समूहबीच झडप शुरु भएको छ । सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच आज झडप भएको छ। कैलालीको धनगढीस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको नाम उल्लेखित साइनबोर्ड राखिएपछि एमालेको अर्को समूहले इन्चार्ज भीम रावल भएको भन्दै विरोध जनाएपछि झडप भएको हो ।
एमालेको ओली समूहले तत्कालीन सुदूरपश्चिम इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड फालेर लेखराज भट्ट र कर्ण थापाको बोर्ड लगाएका थिए ।
नेकपामा विवाद बढेपछि माधव समूह प्रचण्ड तिर लागेको थियो । ओली समूहले इन्चार्ज र अध्यक्ष परिवर्तन गरेको थियो । सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएसँगै माधव समूह एमालेमै फर्किएको छ । जसले गर्दा यस्ता विवाद अन्यत्र पनि हुने सक्ने सम्भावना देखिएको छ ।