नेकपा एमाले व्यूँतिएपछि झन लफडा

दुवै समूहको प्रतिशोध राजनीतिले पार्टीलाई घाटा !

काठमाडौं । नेकपा एमालेको माधव–खनालसमुहले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रबृत्ति बिरुद्ध अर्को लडाईं लडने भएका छन । त्यसको तयारी स्वरुप बिहिवार, शुक्रवार र शनिवार उनीहरुले आफनो समुहको बैठक गरेका छन । सत्तारुढ दल नेकपा एमाले केन्द्रिय समितिको बैठक चैत ७ गतेका लागि बोलाइएको छ । तर बैठक बस्ने वा नवस्ने भन्ने बिषय अन्यौलपुर्ण बनेको छ । फागुन २३ मा सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भंग गर्दै नेकपा एमाले ब्यु“ताइदिएपछि आज केन्द्रिय समितिको पहिलो बैठक बस्ने भनेर मिति सार्वजनिक गरिएको थियो ।
तर शुक्रवार नै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक पक्षिय ढंगले केन्द्रिय कमिटी बिस्तार र नेताहरुको जिम्मेवारी हेरफेर गरेका छन । आफु निकटका केन्द्रिय सदस्यहरुलाई बालुवाटार बोलाइएको थियो । बालुवाटारमा भेला भएका केन्द्रिय सदस्यहरुको बैठक बस्नु अघि नै प्रधानमन्त्री ओलीले आफुले केन्द्रिय समिति बिस्तार गरेको साथै नेताहरुको जिम्मेवारी हेरफेर गरेको बताएपछि उपस्थित नेताहरु नै तिनछक परेका थिए । केन्द्रिय समितिको बैठक भनेर बोलाइएको भएपनि बैठक नबसिकन निर्णय गरिएको भन्दै ओलीपक्षिय केन्द्रिय सदस्यहरुले अध्यक्ष ओलीको रवैयाप्रति बिरोध नजनाए पनि भित्रभित्रै असन्तुष्टि जाहेर गरेका छन ।
नेकपा माओवादीबाट मन्त्री बनेका र नेकपा माहोवादी केन्द्रमा फर्कन नरुचाएका नेताहरुलाई केन्द्रिय सदस्य बनाइएको छ । यसैगरी गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकिएको छ । माधव नेपाल पक्षकी अष्ठलक्ष्मी शाक्यलाई हटाएर बादललाई उक्त जिम्मेवारी दिइएको हो । उर्जामन्त्री रहेका टोपबहादुर रायमाझीलाई जनबर्गीय संगठनहरुको इन्चार्ज तोकिएको छ । उता १ नम्वर प्रदेशका इन्चार्ज भिम आचार्र्यको जिम्मेवारी खोसेर उनको ठाउँमा सुवास नेम्वाङलाई तोकिएको छ ।
बिदेश बिभागको जिम्मेवारीमा रहेका माधव नेपाललाई हटाएर राजन भट्टराईलाई ल्याइएको छ भने प्रचार बिभागबाट योगेश भट्टराईलाई हटाइर प्रदिप ज्ञवालीलाई ल्याइएको छ । सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीको बेन्द्रिय कमिटीको बैठक नै नबसी माधब नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुको सहमति र परामर्श बिना गरिएको निर्णयबारे पार्टीभित्रै प्रश्न उठेको छ । नेपाल, खनाल र गौतमलगायत नेताहरुको पद र जिम्मेवारी पनि अध्यक्ष ओलीले खोसेका छन । ओलीको यो कदमलाई नेकपा एमाले बिभाजन गर्ने खेलको रुपमा पनि हेरिएको छ । ओलीको यो हर्कत पार्टी बिधान बिपरित भएको भन्दै एमालेका नेता तथा कार्यकताहरुले नमान्ने बताइसकसेका छन ।
सर्वाेच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरिदिएपछि सत्तारुढ दल नेकपा भंग हुन पुग्यो । पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि सत्तारुढ दलको तिक्तता हटेर जाने र पार्टी पहिलेकै अवस्थामा पुग्ने आंकलन आम कार्यकता र समर्थकहरुले गरेका थिए । भलै प्रधानमन्त्री ओली त्यो बाटोबाट अगाडि बढनुको साटो एक्लै अगाडि बढन खोजको प्रस्टरुपमा देखियो । यसपछि एमालेभित्रको बिवाद झन छरपस्ट भएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई उचित जिम्मेवारी र एकीकृत गराएर लैजानुको सट्टा आफु निकटका नेताहरुलाई काखी च्याप्ने र माधव–झलनाथ निकटकाहरुलाई पेलेर अगाडि बढने संकेत गरेपछि उक्त समुह पनि नयाँ रणनीति बनाउन तल्लीन छ । शनिवार आफु निकटका नेताहरुको स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाएको छ । ओलीप्रबृत्ति बिरुद्ध पार्टीभित्रै बसेर सघर्ष गर्ने वा अर्को पार्टी गठन गर्ने भन्ने बिषयमा छलफल चलिरहेको छ ।

दुवै समूहको प्रतिशोध राजनीतिले पार्टीलाई घाटा !
नेकपा एमालेको आन्तरिक कलह बढेर फेरी पार्टी फुटको संघारमा पुगेको छ । सर्वोच्च अदालको २३ फागुनको फैसलाले केही दिन एमालेप्रति नजिक भएका नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउन नपाइकन फेरी नयाँ बाटोमा हिडने तरखरमा लागेका छन । खासगरी २८ फागुन शुक्रवारका दिन एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुको सहमतिबेगर एकपक्षिय ढंगले बिधान बिपरित केन्द्रिय समिति र नेताहरुको जिम्मेवारी हेरफर गर्ने निर्णय गरेसँगै एमालमो फुटको बिजारोपन हुनपुगेको हो ।
संस्थापन पक्षले गरेको यस्तो अप्रिय निर्णय नमान्ने घोषणा संस्थापनइतर समुहले गरेको छ । शुक्रवार साँझ नै माधव–झलनाथ समुहको बैठक बसेर ओलीले गरेको बिधान बिपरितको निर्णय आफुहरुले नमान्ने भन्दै शनिवार स्थायी र केन्द्रिय समितिको बैठक गरेर ओलीको निर्णय गलत रहेको भन्दै समान्नतर कमिटी गठन गरेर ओलीलाई उल्टै चुनौती दिने निर्णय भएको छ । जस अनुरुप ओलीले जहाँ जहाँ प्रदेश इन्चार्जहरु तोकेको छ, तिनै ठाउँमा नयाँ इन्चार्ज तोक्ने काम उनीहरुले गरेका छन ।
माधवसमुहले हिजो तोकेका प्रदेश इन्चार्जहरुमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिममा भीम रावल, युवा इन्चार्जमा रघुजी पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, बुद्धिजीवीमा प्रमेश हमाल र प्रचार विभाग प्रमुख योगेश भट्टराई रहेका छन ।
साथै माधव– खनाल समुहले आगामी चैत्र ४–५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । उक्त भेलाबाट औपचारिक रुपमा नेकपा एमाले पार्टी अलग भएको घोषणा हुने अडकलबाजी भइरहेका छन । यता नेकपा एमालेले आज बोलाएको केन्द्रिय समितिको बैठक ७ गतेका लागि पर सारेको छ । केन्द्रिय समितिको बैठकका लागि तोकेको मिति भन्दा अगाडि नै एमाले फुटने अन्तिम तयारीमा पुगेको घटनाक्रमहरुले देखाइरहेको छ । अध्यक्ष ओली भने केन्द्रिय समिति बैठकमा नआउनेहरुलाई बिधानबमोजिम कारवाही गर्ने तयारीमा छन ।
आफुलाई साधरण सदस्यबाट हटाउने नेताहरुलाई व्यङय गर्दै ओलीले भनेका छन प्रधानमन्त्रीबाट हटाउने प्रयत्न गरिरहेकाहरुलाई बाटैमा ठेस लाग्ने छ । आफनो प्रधानमन्त्री पद जोगाउनका लागि मधेश केन्द्रित जनता समाजबादी नेपाल पार्टीसँग छलफल अगाडि बढाइरहेका प्रधानमन्त्री ओली आफनै दलका नेताहरुलाई भने बाइवास गरिरहेका छन । सत्ता जोगाउनका लागि एउटा सांसदको समेत महत्व हुने समयमा ४० भन्दा बढी सांसद रहेको आफनै समहुमाथि यत्रो घात र कारवाहीको डण्डा चलाउनुले ओली के षडयन्त्र गरिरहेका छन भन्ने कौतुहलता उत्पन्न हुन पुगेको छ ।