बजार अनुगमन प्रभवकारी रुपमा गर्नुपर्ने

काठमाणडौं । तराई विकास तथा सञ्चार केन्द्र नेपालको अयोजनामा केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका कार्यकारी सदस्य गोविन्द प्रसाद चौलागाइंको अध्यक्षतामा तथा काठमाणडौं प्रेमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा बजार अनुगमनको अवस्था र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
संचार केन्द्र, नेपालको हलमा आयोजित कार्यक्रममा विशेष अथिती बाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण बिभागका महानिर्देशक प्रकाश पौडेल र अतिथीहरु अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइराला, राजधानी दैनिक पत्रिकाका सम्पादक सागर पन्डित , रास्ट्रिय उपभोक्ता मन्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जन , वरिषठ समाजसेवी एवं पत्रकार केबी सम्राट लगाएत थिए । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले आ–आफ्नो सान्दर्भिक मन्तब्य जाहेर गर्नुभएको थियो।
मन्तव्यमा सबै मन्तव्यकारहरूले अनावश्यक मूल्यवृदि र कालोबजारी गर्दा आम उपभोक्ता पीडित हुनुपरेको र यसको अनुगमन कडाइसाथ हुनुपर्नेमा जोड दिएका थिए । बजार अनुगमन गर्ने निकायले बजार अनुगमन गर्दा प्रभावकारी नबनाएकोले कालो बजारी गर्ने व्यापारीहरूले हेपाइदो प्रवृति गरेको बताएका थिए । यस्ता हेपाइदो प्रवृित गर्ने व्यापारीहरूमाथि सम्बन्धित निकायले कार्वाही कमसल गरेको र कडा कार्वाही गर्न माग गरेका छन् । कार्यक्रममा सहभागी सरकारी अधिकारीले कालोबजारी गर्नेमाथि सशक्त कारबाही हुने प्रितबद्दता जनाए ।
तराइ विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाइले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
प्रमुख अतिथि काठमाडौं प्रजिअ काली प्रसाद पराजुलीले बजार अनुगमनलाइ प्रभावकारी बनाइने र नागरिकलाइ ठगी गर्ने कालो बजारीयाहरूलाइ कानूनी कारवाहीमा ल्याइने प्रतिवद्दता जनाउदै नागरिकमा सेवाप्रवाह प्रभावकारी रूपमा पुराउन सके सुशासनको अनुभुति हुने बताउनुभयो ।
विशेष अतिथि बाणिज्य आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बजार अनुगमनलाइ नियमित पारिने र अनावश्यक मूल्यवृद्दि गरी आमनागरिकलाइ ठगी गर्ने कालो बजारीयाहरूलाइ नियम कानुन बमोजिम कारवाही गरिने प्रतिवद्दता जाहेर गर्नुभयो ।
अतिथि अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरिक्षक कृस्ण प्रसाद कोइरालाले यस्ता कालोबजारिया गर्ने व्यापारीहरूलाइ समयमै उपभोक्ताहरूले सूचना दिए कारवाहीको लागि हामी तम्तयार हुने बताउनुभयो ।
राजधानी दैनिक पत्रिकाका सम्पादक सागर पंडीतले एक उदाहरण प्रेसित गर्दै कालो बजारीयाले ६ लाख दीएर छुटेको बताउंदै कस्तो छुट हो प्रश्न गर्नुभयो ।
राषट्रिय उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आफु अगाडि २० रूपैयाको काउली ३० रूपैयामा िकनेको र त्यही काउली उपभोक्तासम्म पुग्दा ८० रूपैयामा किनवेच भएको उदाहरण दिदै यस्ता विचौलियाहरूलाइ कालो बजारी एन अन्तरगत कावार्ही हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ समाजसेवी तथा पत्रकार के. बि. सम्राटले उपभोक्ता मंचका अध्यक्षलाइ इंकित गर्दै उपभोक्ताका लागि मंच तयार गरी अध्यक्षता ग्रहण रहेता पिन उपभोक्ताका लागि केहि नगरेको बताउंदै काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाइ नियम उलंधन गर्ने कालो बजारीयाहरूलाइ कार्वाही गर्न सबै निकायहरूसंग सहयोग लिइ यसै विषयको सुशासनको अनुभुति दिलाउन हुन अनुरोध गर्नुभयो ।