मेरो कथाकी पात्र

‘म हजुरको कथाकी पात्र ।’
भर्खर साहित्यमा एम.ए.उपाधि लिएकी जुहीको कथाको शीर्षक पढेपछि विनय शर्मा अलि सम्वेदनशील भए ।
कथा आद्योपान्त पढेपछि उनलाई खलखल पसिना आयो ।
‘यसरी सबै कुरा नखोलेको भए हुन्थ्यो जुहीले ।’ विनयले मनमनै सोचे ।
पात्र, स्थान, घटनाक्रम सबै मिल्छ विनयको जीवनसँग ।
‘आस्था, एक कप कफी बनाउने समय छ ?’ उनले पत्नीलाई आग्रहयुक्त प्रश्न गरे ।
‘मलाई अफिस जान हतार भइसक्यो । खाना खाने बेलामा कफी खाने र ?’ आस्थाले सोधिन् ।
तिमी खाना खाएर जाऊ म अलिक अबेर खाउँला… । अहिले कफी खाएर लेख्न बस्छु ।
छोरी स्कुल गइसकेकी थिई । आस्था अफिस गएपछि विनयको मन विचलित भइरह्यो ।
साउनको महिना । मुसलधारे पानी परिरहेकै थियो । पाँच सात घन्टादेखि लगातार परेको झरीले जस्तै पीडा, विषाद र पश्चातापले अविरल भिजाएको छ उनको मन ।
कथाको शीर्षकले घोचिरह्यो उनलाई । व्यंग्य, गुनासो, आक्रोश, आक्रमण, याचना, पश्चाताप र घृणा मिसिएको छ कथा ।
उनले दोहो¥याएर कथा पढे । हरेक संवादले छुरी हानेभैंm लाग्थ्यो ।
‘मिस्टर शर्मा, तपाईंलाई चोट लाग्दा मलाई पीडा हुन्थ्यो । आखिर त्यो संवेदना थियो कि प्रेम ?’
‘…मिस्टर शर्मा, हजारौँ दुर्वाच्य तथा अपमान सहेर मैले सामाजिक आक्रमणको प्रतिकार गर्दै तपाईंसँग जीवन बिताउने प्रण गरेँ, त्यो नाटक मात्र थियो कि आराधना ?’
‘…मिस्टर शर्मा, एउटी नारी रोग, भोक, अभाव र चरम दुःख सहेर सहिदिन्छे, तर जब कसैले उसको स्वच्छ चरित्रमा प्रश्न उठाउँछ, त्यतिबेला ऊ बघिनी बन्छे । स्वाभिमान र इज्जतमा होली खेल्न खोज्नेहरूसँग ऊ जाइलाग्छे । चण्डी बनेर ऊ शुण्ड मशुण्ड तथा हजारौँ दैत्यहरूसँग पनि लड्न तयार हुन्छे । संघर्ष गर्दागर्दै प्राण जाओस् तर ऊ अपमान सहेर बस्न सक्दिनँ । त्यसैले मिस्टर शर्मा, म तपाईंलाई आजीवन क्षमा गर्न सक्दिनँ… । माफ गर्नुहोला, मैले बगाएका एक एक थोपा आँसुको हिसाबकिताब चुक्ता रेर मात्र म मर्नेछु… ।’
‘उप्m कति क्रुर भइछ जुही… ।’
विनयले कथाका संवादहरू पढेपछि तौलियाले पसिना पुछे । तर हजार चोट खाएपछि हरेक मान्छे पत्थर बन्छ भन्ने कुरा विनयले पटक्कै बुझ्न सकेनन् ।
‘आत्मालोचना, आत्मनिरीक्षण, आत्ममूल्याङ्कन, आत्मसमीक्षा र आत्मविवेचना गर्नुहोस् है विनय दाइ । तपाईंले जुहीमाथि अत्याचार गर्नुभएको छ ।’ सबलचन्द्रले भनेका शब्दहरू सम्झे विनयले ।
कथाभित्रको बेग्लै कथा जस्तो छ– विनय, सबल र जुहीको त्रिकोणात्मक सम्बन्ध ।
देहरादुनबाट आएर विनयको घरमा पढ्न बसेकी थिई जुही ।
‘पेटको रोगबाट मुक्त हुने भए तीन चार वर्ष अलि चिसो ठाउँमा गएर बस्नुपर्छ जुहीले । हावापानी परिवर्तन भएपछि उनको रोग आपैmँ निर्मूल हुन्छ ।’ डाक्टरको सल्लाहअनुसार जुहीलाई फुपूको घरमा काठमाडौँ ल्याइयो ।
फुपूका छोरा विनयलाई तिहारमा भाइटीका लगाइदिइन् जुहीले । दाजु बहिनीको निष्कलंक सम्बन्ध विस्तारै प्रेमी–प्रेमिकाको शारीरिक सम्बन्धमा अनुवाद भयो । गर्भ रहेको थाहा भएपछि दुवै छाँगाबाट खसेभैmँ भए ।
विनयको नातेदार सबलले सल्लाह दियो– ‘दाजु, ‘एबोर्सन’ गर्दा जुहीको प्राण जान सक्छ । तपाईंको घराना, जुहीको इज्जत र दुवै परिवारको प्रतिष्ठा जोगाउने मसँग उटा उपाय छ… ।’
‘के उपाय ?’ विनय बोल्यो ।
म जुहीसँग बिहे गर्छु । उसको पेटमा हुर्किरहेको बच्चाको बाबु म नै हुँ भनिदिन्छु । सडकमा भेटेको बेवारिसे शिशुलाई त मानिसले छोराछोरी बनाएर पालेका छन् । तपाईंको बच्चा मैले स्वीकार गर्न किन हुँदैन ?
विनयले सबललाई गम्लङ्ग अँगालो हालेर रोयो ।
‘किन रूनुहुन्छ दाइ ? म तपाईंको फुपूको छोरा । तपाईंको संकटमा सहयोग गर्न सकिनँ भने मलाई भाइ हुँ भन्ने अधिकार हुँदैन ।’ एक्काइस वर्षको अपरिपक्व युवकले यति ठूलो उदारता देखाउला भन्ने सोचेकै थिएन विनयले ।
मन्दिरमा गएर सबल र जुहीले बिहे गरे । आत्महत्या गर्ने पैmसला गरिसहेकी जुहीलाई धेरै सम्झायो सबलले ।
‘सबल, म तपाईंलाई अरूका सामु पति मानिदिन्छु । तर हामीबीचमा पतिपत्नीको सम्बन्ध हुनेछैन ।’ जुहीले शर्त राखेकी थिई । सबलले यावत् शर्त स्वीकारेर विनय र जुहीको प्राण र इज्जत बचाइदियो ।
केही दिनपछि पृथक् भए उनीहरू । एउटा स्कुलमा पढाउन थालिन् जुहीले । न विनयसँग भेट हुन्थ्यो, न माइतीसँग । सबलले आठ दश हजार रूपियाँ दिएर डेरामा चाहिने सामानहरू जुटाइदियो ।
सुसंस्कृत र सुसम्पन्न परिवारका जुही र सबलले अपमानको विष पिएर विनयलाई चोखो सावित गरिदिए तर विनयको व्यवहारले पीडा भइरह्यो जुहीलाई । विनयले कहिले पनि जुहीका बारेमा सोधेनन् सबललाई । बरू जुही सोधिरहन्थिन् सबललाई–
‘विनयलाई कस्तो छ ?’
आस्था र विनयको विवाहको कुरा टुंगो लागेपछि ठूलो चोट लाग्यो जुहीलाई ।
सबलसँग उनले भनिन्– ‘म अब के नै गर्न सक्छु र ? तर आँसु नरित्तिएसम्म रोइरहन्छु । मनको दह अलि सफा हुन्छ कि ?’ जुहीको अनुहार पढेर अन्यमनस्क बन्यो सबल ।
उसले सल्लाह दियो– ‘जुही तिमी कथा र उपन्यास लेख । भार मनलाई सान्त्वना दिने एउटा उपाय हो अभिव्यक्ति ।
जुहीले पहिलो कथा लेखी–
‘म हजुरको कथाकी पात्र ।’