शुक्रवारबाट नयाँ आईपीओ

काठमाडौं । आगामी चैत ६ गते अर्थात शुक्रबार देखि बजारमा नयाँ आइपीओ आउँदैछ । सिंगटी हाइड्रो इनर्जी प्रालिले सर्वसाधारण नागरिकहरुलाई लक्षित गरी साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो । कम्पनिले प्रति कित्ता १ सयका दरले २९ करोड बरावरको २९ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
कुल शेयर मध्ये ५८ हजार कित्ता कर्मचारी, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुटयाइएको छ । बाँकि २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन पाउने भएका छन ।
यो आईपीओमा ६ गते शुक्रवारदेखि यही १० गते मंगलवारका दिनसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिने
भएको छ ।