बैठक बहिष्कार गरेका नेपाल–खनाल पनि एमाले संसदीय बोर्डमा मनोनित
बैठकमा सहभागी नहुनेहरुलाई कारबाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज वालुवाटारमा बसेको थियो । वैठकमा नेता माधव नेपाल र झलनाथ खनाल समूह सहभागी भएको थियो । केही सांसद वैठकमा भाग लिन हिडे पनि विचबाटोबाटै फर्किएका थिए ।
वैठकले पार्टीका नाममा छुट्टै भेला गर्नेहरुलाई कारवाही गर्ने निर्णय गर्नुका साथै संसदीय बोर्ड समेत गठन गरेको छ।
संसदीय दलका नेता ओलीको अध्यक्षतामा गठित २७ सदस्यीय बोर्ड समितिमा २४ जना मनोनित गरिएको छ । बोर्डमा बैठकमै सहभागी नभएका झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत सदस्यमा राखिएको छ।
बोर्डमा दलका उपनेता सुवास नेम्वाङ, विशाल भट्टराई, खिमलाल भट्टराई, शान्ता चौधरी, राधा ज्ञवाली, विन्दा पाण्डे, विद्या भट्टराई, खेम लोहनी, रेखा झा, दमोदर भण्डारी, छविलाल विश्वकर्मा, शेरबहादुर तामाङ, सरिता न्यौपाने, रघुवीर महासेठ, भुपेन्द्र थापा, सुमन प्याकुरेल, विमला पौडेल राई, बिमला विक, राजेन्द्र राई, मोहन बानियाँ, नारादमुनि राना रहेका छन् ।
तीन जना सदस्यलाई पछि मनोनयन गरिने बताइएको छ । । संसदीय दलले गुटगत भेलामा सहभागी नहुन सांसदहरुलाई निर्देशन दिएको र सहभागी भए कारवाही गर्ने निर्णय गरेको एक सांसदले बताएका छन् ।
बैठकमा सहभागी नहुनेहरुलाई स्पष्टीकरण सोध्ने र विधान अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।
त्यस्तै बैठकले विधान संशोधनका लागि ३ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको बताइएको छ ।