१० दिनभित्र कांग्रेसको नेतृत्वमा चुनावी सरकार : महामन्त्री कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव त्यसअघि नै ल्याउने पनि उनले बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले माओेवादी केन्द्र र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने खुलासा गरे ।
उनले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओलीसँग सहकार्य हुन नसक्ने स्पष्ट पार्दै आफैले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पनि पदमा बसिरहनु अनैतिक भएको भन्दै ओलीले आफै सरकार छोड्नुपर्ने पनि बताएका छन् ।
अविश्वासको प्रस्तावपछि कांग्रेसको नेतृत्वमा गठन हुने सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताएका छन् ।