महान्यायाधिवक्तामा बडालको आइतवार नियुक्ति र सपथ हुने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई सिफारिस गर्नुभएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई आइतबार महान्यायाधिवक्ता नियुक्त र शपथ गराउने बताइएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो । महान्याधिवक्ता खरेलले आज कार्यालयमा पत्रकार सम्मेलन गरेर आफूले पद त्याग गरेको घोषणा गर्नुभएको हो ।
खरेल २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त हुनु भएको थियो । वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाको सदस्य रहनुभएको थियो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्मा उहाँले कानुनमन्त्रीको जिम्मेवारी वहन गर्नुभएको थियो । खरेलले अब राजनीतिमा सक्रिय हुने बताउनु भएको छ ।