आफ्नो टोलको समग्र विकास गर्नु हाम्रो उद्देश्य हो

– मीनबहादुर बानिया–अध्यक्ष, नवीनचोक टोल विकास संस्था

चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ मा पर्छ नवीनचोक टोल विकास संस्था । यो संस्था वडामा गर्व गर्न लायक छ । यस्तो लायक बनाउने यस टोलका अध्यक्ष मीनबहादुर बानिया प्रमुख हुन् भन्छन् टोलवासी । स्वस्पूmर्त सामाजिक भावनासहितको लगाव र इमानदारिता अध्यक्ष बानियाको पहिचान भएको छ टोलमा । जतिबेला पनि टोलको विकासबारे सोच्ने, योजना बनाउने र कार्यान्वयनमा लाग्ने उहाँको लगनशिलता प्रशंसनीय छ । निकै रसिलो, जोसिलो र पूmर्तिलो व्यक्तित्वलाई अध्यक्ष पाएर पुलकित छ नवीनचोक । टोल टोलबाट समृद्धिको जग बसाल्न उहाँजस्ता सामाजिक वफादारहरुलाई थप उत्साह भर्न सम्बन्धित निकाय अग्रसर हुनैपर्छ । आज उहाँसँगको कुराकानी टोलकै बारेमा ।
यस टोल विकास संस्थाको स्थापना कहिले भयो र यो नाम कसरी राखियो ?
यस नवीन चोक टोल बिकास सस्थाको स्थापना २०७४ साल कार्तिक २ गते बिहिबारको दिन भएको थियो ! आज भन्दा ३० बर्ष अगाडि नारायणगढबाट बिजयनगरसम्म जाने मुल बाटोमा यात्रुहरु आवतजावत गर्दा असहज बाताबरण भएको कारण त्यसबेला हामी युवा अबस्थाको हुँदा सबैको सहयोग र परिश्रमबाट यस चोक मा नयाँ यात्रु प्रतीक्षालय निर्माण गर्न सफल भएकै कारण नया कामको शुरुवात संगै यस चोकलाई नवीन चोकको नामाकरण गरिएको हो ! टोल विकास संस्थाको नाम पनि सोही नाममा राखियो ।
संस्था स्थापनाका उद्देश्य के के हुन् ?
सस्था स्थापनाको खास उद्देश्य भनेको स्थानीय रुपमा उपलब्ध श्रम, सीप, साधन र अवसरहरुलाई अधिकतम् परिचालन गर्दै वडा तथा महानगरको सामाजिक तथा आर्थिक ब्यबस्थालाई एक अर्काको रुपमा बिकसित गर्दै गरिबी न्युनिकरण प्रयासमा ठोस योगदान पु¥याउनुको साथै आफ्नो टोलको समग्र बिकास गर्ने बाताबरण सिर्जना गर्नु हो !
तपाईं कहिलेदेखि अध्यक्ष हुनुहुन्छ ?
म २०७६ साल कार्तिक महिनाको ९ गतेबाट सर्बसम्मत रुपमा यस टोलको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको हो !
संस्था स्थापनाको उद्देश्य र विधि विधान अनुसार काम भएको छ त ?
सस्थाको विधि बिधान अनुसार आंशिक कामहरु भएका छन् भनी सोचे अनुरुपका कामहरु अधिकांस थाँती रहेका छन्, त्यसको कारण अझै शिक्षा र जनचेतनाको कमि हो भन्न चाहन्छु !
तपाईंको नेतृत्वमा के के काम भए ?
मेरो नेतृत्वमा २०७६ साल कार्तिक ९ गतेबाट आजसम्म आइपुग्दा पहिलो बैठक द्वारा नै कार्यालय सन्चालन गर्न यस टोल बिकासले लिजमा आफ्नो कार्यालय स्थापना गरियो ! यस टोलभित्र रहनु भएका १४ जना जेष्ठ नागरिकलाई सम्मान गरियो ! २०७६/११/०३ गते उषा बोर्डिङ स्कुल मङ्गलपुरले आयोजना गरेको अन्तर टोल हाजिरी जवाफ प्रतियोगिताको लागि यस टोलका ३ जना जेहेनदार बालबालिका हरुलाई उक्त हाजिरी जवाफमा भाग लिन पठाइयो ! यस टोल अन्तर्गत बसोबास गर्ने अधिकास कृषि पेसामा आबद्ध भएकाले समयमा खेती पाती तरकारी लगाउन बिद्युतीय भोल्टेजको कमिले असुबिधा खेपिरहेका किसान बसोबास गर्ने स्थानहरुमा २ फेज लाइलाई अभिबृद्धि गरि ४ फेज लाइन जडान गरिएको ! यस टोल अन्तर्गत बसोबास गरि विभिन्न मितिमा स्वर्ग भएका १० जना ब्यक्ति हरुलाई श्रद्धान्जली सभाको आयोजना गरिएको ! मिति २०७६ साल माघ १९ गते क्रिकेट रंगशाला निर्माणका लागि भएको धनधान्याचल महोत्सबमा यस टोलबाट १,०६,८७१/– रुपैयाँ सहयोग प्रदान गरिएको ! यस टोलको विशेष सक्रियतामा गढि दुग्ध उत्पादक सहकारी सस्थाको शाखा कार्यालय यस चोकमा स्थापना गरिएको ! यस टोल अन्तर्गत रहेका भित्रि सडकहरुमा बर्षायाममा पानी परि हिंडडुल गर्न असहज हुने खाल्डाखुल्डिहरुमा गिट्टी बालुवा हाल्ने कार्य गरिएको ! कोभिड–१९ को महामारीमा परेका श्रमजीबि ज्यालादारीहरुलाई यस टोलबाट राहत स्वरुप चामल, दाल, तेल, मास्क र नुन बितरण गरिएको ! यस टोल अन्तर्गत रहेका ९ वटा भित्री सडकहरुलाई क्रमश १,२,३,४,५,६,७,८,९ मार्ग अंकित सीमांकन बोर्ड बनाइ नामाकरण गरिएको ! आफ्नो टोलको पहिचान सहज होस् भनी यस टोलको ४ किल्लामा सीमांकन बोर्ड राख्ने काम गरिएको ! नवआगन्तुक पाहुना हरुलाई सहज होस् भन्ने अभिप्राय र सवारी दुर्घटना न्युनिकरण होस् भन्ने अभिप्रायले यस टोलको मुख्य स्थान नवीन चोकमा फलामे गेट सहितको डिजिटल होर्डिङ बोर्ड राख्ने कार्य सम्पन्न गरिएको ! चोरी पैठारी दुव्र्यसनी लगायत सवारी दुर्घटना न्युनिकरण होस् भन्ने अभिप्रायले सिसिटिभि राख्ने कार्य सम्पन्न गरिएको ! मृगौला पीडित लगायत आर्थिक अबस्था नाजुक भएका हरुलाइ राहत स्वरुप नगद आर्थिक सहयोग गरिएको ! २०७६ साल कार्तिक ९ गतेबाट १ बर्ष भित्र भए गरेका कामको प्रगती विवरण लगायत आर्थिक आय ब्यय दुरुस्त राखी साधारण सभा सम्पन्न गरिएको ! २०७७ साल फाल्गुण २७ गते १६ नम्बर वडा टोल स्तरीय ३५ बर्ष भन्दा माथिका पुरुष ३ किमि दौड प्रतियोगिताको आयोजना गरि आफ्नो स्वास्थ्यको ध्यान स्वयम्ले गर्नु पर्छ भन्ने सन्देश जाओस् भन्ने हेतुले दौड प्रतियोगिता सम्पन्न गरियो !
संस्थामा काम गर्दाका अप्ठ्यारा र अपजश के के बेहोर्नुभयो र बेहोर्दै हुनुहुन्छ ?
संस्थामा काम गर्दाको अप्ठ्याराहरुको सम्बन्धमा सामाजिक काम गर्छु भनेर समाज रुपान्तरणको लागि जिम्मेवारी लिएपछि जे जस्तो अप्ठ्यारो परिस्थितीलाई पनि सामना गर्न सक्ने हिक्मत आँट र साहस चाहिदो रहेछ, अपजस भन्ने कुरा कार्य आफुले इमान्दार भएर गर्ने हो त्यहाँ गुण र दोष आइ हाल्छ तर पनि रत्तिभर हरेस खानु हुँदो रहेनछ !
संस्थामा काम गर्दा पाएको जश र सुखानुभूति पनि बताइदिनुस् न ?
सस्थामा काम गर्दै गर्दा सायद जश भन्ने कुरा बिरलै पाइने रहेछ ता पनि आफ्नो कार्यलाई निरन्तरता दिदै जाने हो त्यसको गुण अबगुण पछि पाइने हो !
यो टोलका मुख्य समस्याहरु के के हुन् ?
यस टोलको मुख्य समस्या भनेको बेरोजगार, अशिक्षा र जनचेतना को कमि नै हो !
यस टोललाई वडाको साथ र सहयोग कत्तिको छ ?
यस टोललाई बिधानमा ब्यबस्था भए अनुरुप साथ र सहयोग जति हुनु पर्ने हो त्यति भए गरेको पाइएन तर पनि आशिक रुपमा भएको छ !
विधानतः यस संस्थाको अधिवेशन कहिले हुँदैछ ?
यस टोलको नियमित अधिबेशन २०७८ साल कार्तिक ९ गते हो ।
पुनः अध्यक्षमा उठ्ने तपाईंको चाहना हुन्छ कि हुँदैन ?
अब अध्यक्ष पदमा रहेर काम गर्ने मैले नया सोच बनाएको छैन । एउटाले मात्र जिम्मेवारी लिनु भन्दा नया सोच जोस जाँगर साथ नयाँ पिढीलाई अबसर दिई अगाडि बढाउने मेरो लक्ष्य छ !
नयाँ कार्यसमितिलाई तपाईंको राय सुझाव के हुन सक्छ ?
अब आउने नयाँ कार्य समितिहरुलाई म यो भन्न चाहन्छु कि हामीहरुले जे जति गर्न सफल भयौ,ग¥यौं अब गर्न बाँकी रहेका अधुरा अपुरा काम हरुलाई नया सोच जोश जाँगर र उमङ्गका साथ अग्रज ब्यक्तित्वहरुसङ्ग सल्लाह सुझाब लिई कार्यगत एकता बनाइ अगाडि बढ्न अनुरोध गर्दछु !
यस संस्थाका टोलवासी सदस्यहरुलाई के भन्न चाहनुहुन्छ ?
एक अर्कामा फुटेर होइन जुटेर सबैसङ्ग हातेमालो गर्दै समग्र टोल बिकासको निम्ति समर्पण गर्नु पर्छ !
र, अन्त्यमा, भन्न मन लागेका र भन्नैपर्ने कुरा केही छन् कि ?
अन्तमा म लगायत मेरो नेतृत्वमा रहेका सम्पूर्ण कार्यसमिति लगायत उपसमितिमा रहि आ–आफ्नो जिम्मेवारी बहन गर्नुभएका सम्पूर्ण सदस्यज्युहरु लगायत टोलबासी भद्र भलादमी, बुद्धिजीबि बर्गहरु सबैलाई मेरो कार्यकालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र हौसला प्रदान गरि मैले गरेका कामहरुमा निरन्तर रुपमा चासो र अभिरुचि दिनुका साथै विश्वास र भरोसा गरि तपाईंहरुले दिनुभएको यस टोलको अध्यक्षको जिम्मेवारीप्रति सबैलाई हार्दिक कृतज्ञता र नमन !