विमानको सिँढीमा लडे बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेन विमान चढ्दा सिँढीमा लड्खडाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा बाइडेन तीन पटकसम्म सिँढीबाट लडेको देखिन्छ ।
विमानमा प्रवेश गर्नेबेला सिँढीबाट तीन पटकसम्म लड्दै सम्हालिँदै उनी विमानभित्र पसेको भिडियोमा देख्न सकिन्छ । यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको शारीरिक स्वस्थतालाई लिएर विभिन्न चासो र चिन्ता व्यक्त गरिएको छ ।
ह्वाइटहाउसले भने विमान चढ्दै गर्दा तिव्र हावा चलेकाले बाइडेन लड्वडाएको जवाफ दिएको छ ।
राष्ट्रपति बाइडेन शुक्रबार एटलान्टा यात्रामा जाँदै थिए । जहाँ उनलाई एसियाली–अमेरिकी समुदायका नेतासँग भेटघाट गर्नुथियो ।
‘द सन’ को रिपोर्टअनुसार एटालान्टा जानका लागि उनी एयपोर्टमा एयरफोर्स–वन को विमानमा सवार हुन लागेका थिए । उनी विमानको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र तीन पटकसम्म सिँढीमै लडेका थिए । तीन पटकसम्म लडेपछि उनको स्वास्थ्यप्रति प्रश्न उठाउन थालिएको छ ।