प्रम ओलीद्वारा एमाले मुख्यालय थापाथलीको भवनको निरीक्षण

काठमाडौँ । नेपाल एमालेको मुख्यालय थापाथलीमा सर्ने भएको छ । वैशाख १ गते सर्ने सो कार्यालय भनेको प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निरीक्षण गर्नुभएको छ । थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ ।
कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिनुभयो ।
विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो । एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।