ज्योती लाइफ इन्स्योरेन्स गुल्मी शाखाले मृत्युदाबी रकमको चेक हस्तान्तरण
ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले पहिलो पटक मृत्युदाबी रकम भुक्तानी गरेको छ । रेसुङ्गा नगरपालिका–१ मा अवस्थित यस शाखाले पहिलो पटक मृत्युदाबी रकम भक्तानी गरेको हो ।
जिल्लाको इस्मा गाउँपालिका–२ का सूर्य खत्रीले ०७५ कातिकमा ज्योती सुरक्षित बचत जीवन बिमा योजना खरिद गर्नुभएको थियो । खत्रीले रु ३७ हजार ६ सय ३५ रुपैयाँका दरले दुई किस्ता बापतको रु ७५ हजार २ सय ७० रुपैयाँ बुझाउनुभएको थियो । खत्रीको असोज १ गते भ¥र्याङबाट लडेर अचेत अवस्थामा काठमाण्डौको टिचिङ अस्पतालमा उपचारको क्रममा ३५ वर्षको उमेरमा ज्यान गयो ।
कागजपत्र पुरा गरि पठाएको अठार दिनपछि खत्रीकी श्रीमती जमुना खत्रीलाई छोराहरु अविशेष खत्री र आयुष खत्रीको रोहबरमा ज्योती लाइफ इन्स्योरेन्स एरिया सेल्स म्यानेजर कुशल भुसाल तथा गुल्मी शाखा प्रमुख हुमाकान्त पोखरेलले रु १० लाख ५० हजार बराबरको मृत्युदाबी रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
यस शाखा स्थापना भएपछि पहिलो पटक मृत्युदाबी भुक्तानी गरिएको शाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो । यस शाखामा हालसम्म ५२९ जनाले बिमा गराएका छन् । भने यस शाखामा आवद्ध १०१ जना सक्रिय अभिकर्ता रहेका पोखरेलले जानकारी दिनुभयो ।