नेता नेपालले बुझाएको स्पष्टिकरणमा ओलीलाई कारवाही गर्ने चेतावनी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्पष्टीकरण बुझाएका छन् ।
‘कमी कमजोरी हटाएर सशक्त नेकपा (एमाले) निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईंबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएनरु’, नेपालले प्रतिप्रश्न गर्दे भनेका छन्, ‘यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुरासय रहेको देखियो किन नभन्नेरु’
पार्टी विधानलाई भत्काउँदै स्वच्छाचारी रुपमा पार्टी सञ्चालन गर्ने अधिकार अध्यक्षलाई कसले दियो भन्ने प्रतिप्रश्न गर्दै नेपालले अध्यक्ष ओलीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
‘पार्टीको विधान संशोधनजस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार अध्यक्षलाई कसले दियो भन्ने प्रश्न गर्दै नेताले नेपालले विधानविपरीत मनपरी किसिमले पार्टी विधानमा संशोधन गरिएको बताएका छन् ।
उनले नेकपा एमालेका सदस्य नै नरहेका व्यक्तिहरुलाई सदस्यको पद रिक्त नै नरहेको अवस्थामा केन्द्रीय कमिटीको सदस्यमा मनोनयन किन र कसरी गरियो भन्दै आपत्ति समेत जनाएका छन् ।
यस्तो छ नेता नेपालले बुझाएको स्पष्टिकरण :