माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि खेल सुरु हुन्छ : सिंह
विराटनगर । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको खेल सुरु हुने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले माओवादीले समर्थन गर्दासम्म केपी ओली नेतृत्वको सरकार बहुमतकै रहने बताएका छन् । बहुमत हुँदाहुँदै कांग्रेसले अविश्वासको प्रस्ताव राख्न नहुने बताउँदै नो सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको समेत नेता सिंहले बताएका छन् ।