रेसुङ्गा नगरपालिका गुल्मीले वडामै पुगी सार्वजनिक सुनुवाई सम्पन्न
रेसुङ्गा नगरपालिका गुल्मीले वडामै पुगी सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सोमबार यस नगरपालिको चालू आर्थिक वर्षको दोश्रो चौमासिक अवधिको प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई वडा नम्बर–१२ उर्लेनीमा सम्पन्न गरेको हो । रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ का लागि रु ५६ करोड २६ लाख १५ हजार ४ सय ५० बजेट स्वीकृत गरेको थियो ।
भने ननवजेटरी अन्र्तगत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमतर्फ रु १ करोड ५ लाख, आधारभूत स्वास्थ्य चौकी निर्माणमा १ करोड २३ लाख ८१ हजार, सुरक्षित आवासमा रु २९ लाख ९१ हजार, पर्यटन मन्त्रालयबाट स्वीकृत रु ७ करोडमा ३५ प्रतिशत नगरपालिकाको सहभागिता रहेको छ । दोश्रो चौमासिकको अवधिमा नगरपालिकाले ५० प्रतिशत वित्तिय तथा ६० प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत भत्तिराम मरासिनीले जानकारी दिनुभयो ।
यस नगरपालिकाले हालसम्म ४६ वटा कानुन निर्माण गरेको छ । यस आर्थिक वर्षमा नगरपालिकालाई खरको छाना मुक्त गरिने छ । नगरपालिकाको प्रत्येक वर्ष एक वडामा ५० लाख देखि १ करोड सम्मका एक गौरवको योजना सञ्चालन गरिएको, नगरपालिकाको पहलमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको मरासिनीले जानकारी दिनुभयो ।
किरण पुस्तकालयको निर्माण कार्य सम्पन्न भएको, केन्द्र र प्रदेशबाट १० योजनाको डिपिआर सम्पन्न भएको, सुरक्षित आवास अन्र्तगत ४० घर विपन्नका लागि निर्माण भएको, गर्जुरा पर्यटन पार्कका लागि ७ करोडको टेण्डर भएको जानकारी गराउनुभयो ।
नगरप्रमुख डिल्लीराज भुसालले अन्य स्थानीय तहको तुलनामा रेसुङ्गा नगरपालिका अगाडी रहेको दाबी गर्नुभयो । जनप्रतिनिधिले विकासका काम सञ्चालन गर्ने क्रममा कतिपय स्थानमा विवाद आउने गरेको उल्लेख गर्दे त्यसलाई समाधान गरेर अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘जनप्रतिनिधि जनतासँग निष्पक्ष रुपमा प्रस्तुत हुनुपर्छ । विकास दिनु पर्छ ।’ मेयर भुसालले जनप्रतिनिधि आएपछि नगरपालिकामा विकासको गति बढेको बताउनुभयो ।
मेयर भुसालले भन्नुभयो,‘जनप्रतिनिधि आउँदा वडा कार्यालय खुलेको थिएन । अहिले सबै वडा प्रविधिमैत्री छन् ।’ खानेपानीको समस्या समाधानका लागि मझेङ खोला खानेपानी आयोजना अहिले निर्माणधिन अवस्थामा रहेको बताउनुभयो । नगरपालिकाले कृषकलाई प्रोत्साहनका लागि अत्याधुनिक हाट बजार सञ्चालन गरेको, पर्यटन प्रवद्र्धनका लागि रेसुङ्गामा सिढी निमार्ण गरिएको तथा जिल्लाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आफुहरुको पहलमा तम्घास अस्पताल निर्माणको टेण्डर गरिएको बताउनुभयो ।
विद्युतको सव स्टेसन निमार्ण कार्य भइरहेकाले छिट्टै गुल्मीबासी विद्युतको समस्याबाट मुक्त हुने गरि काम भइरहेको तथा रेसुङ्गा विमास्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उपप्रमुख सीता भण्डारी तथा वडा नम्बर १२ का वडाअध्यक्ष कुल बहादुर टण्डनले सहभागीहरुले गरेका जिज्ञासाहरुको जानकारी गराउनुभएको थियो ।
सार्वजनिक सुनुवाईको सहजीकरण नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, पूर्व अध्यक्ष जनार्दन घिमिरेले गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा कार्यपालिका सदस्यहरु, कर्मचारी, जनप्रतिनिधि, स्थानीय लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।