फेरी बढ्यो महमारीको त्रास
सम्पादकीय
मुलुकमा कोभिड १९ महामारीको त्रास पुन बढन थालेको छ । सरकारले गत वर्ष चैत्र ११ गते बाट मुलुकमा लकडाउन गरेको थियो । पटक–पटक समय थपेर लामो समयसम्म लकडाउन गर्दा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, पर्यटनलगायत क्षेत्र र यसका गतिबिधिहरु ठप्प हुन पुग्यो । उद्योग कलकारखाना, सिनेमा घर, स्कुल, कलेज संचालन हुन पाएनन । आर्थिक गतिबिधि ठप्प हुँदा त्यस्को प्रत्यक्ष असर सामाजिक जीवनमा पर्न नै भयो । महामारीका कारण लामो समयसम्म आर्थिक गतिबिधि चलायामान हुन नसक्दा मुलुकको आर्थिक अवस्था जर्जर मात्र भएन कि चौपट हुन पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । कारोना मथ्थर भएर पनि मुलुकको आर्थिक अवस्था पुर्व–अवस्थामा फर्किन सकिरहेको थिएन र छैन । कोरोना महामारीका कारण लयमा फर्किन नपाउँदै पुन त्रास थपिएको छ । भरखर पयर्टन क्षेत्र लयमा फर्किन खोजेको के थियो पुन महामारी संक्रमण दर उकालो चढदै छ । फागुन महिनासम्मा दुई अंकमा सिमित रहेको संक्रमितको संख्या अहिले तीन अंकमा उकालो लागेको छ ।
सरकारले सार्वजनिक यातयातमा माक्स अनिवार्य र सिटभरी मात्र यात्रु चढाउन भनेको छ । यसैगरी भिडभाड नगर्न, सार्वजनिकस्थमा हिंडडुल गर्दा पनि सर्तक भएर वा माक्स अनिवार्य लगाउन भनेको छ । आजै परेको फागु पुर्णीमा पर्वलाई मध्यनजर गर्दै भिडभाड नगरी घर भित्रै सिमित भएर पर्व मनाउन पनि सरकारले आग्रह गरेको छ । मौसम परिवर्तनका कारण पनि यो सिजनमा ज्वरो, रुघा खोकी जस्ता समान्य रोगहरु यसै पनि बढन सक्छ । शुक्रवार देखि एक्कासी बायुमण्डलमा देखिएको प्रदुर्षणले गर्दा यसै पनि अहिले स्वास्थ्य समस्या बढन सक्ने आंकलन गर्न थालिएको छ ।
यसलाई समयमा रोगथाम, नियन्त्रण, रोक्न कोशिष गरिएन भने यसले दीर्घकालीन असर पु¥याउन सक्छ । यस्तो परिस्थिति उत्पन्न भएसँगै नागरिकलाई बचाउन संघीय सरकारले आफनो तहवाट स्थानिय सरकारलाई निर्देशन दिन कति पनि ढिलाई गर्नु हुदैन । यसका साथै छिमेकीमुलक भारतसँग सिमान जोडिएका नाकाहरुलाई अहिले देखि नै व्यवस्थित गर्दै निगरानी बढाउनु पहल गर्नुपर्छ । स्थानिय सरकारले संक्रतिहरुको पहिचानको लागि नाकामा नै स्वास्थ्य चेक जाँचको व्यवस्था मिलाउनु आवश्यक छ । जो स्वस्थ छन, उनीहरुलाई घर जान दिने र संक्रमण देखिएकाहरुलाई क्वारेन्टाइनमा राखेर उपचारको व्यवस्था मिलाउन आवश्यक छ । यसो गर्न सकेको खण्डमा संक्रमण पुरै नियन्त्रण गर्न नसकेता पनि रोगथाममा भने पक्कै पनि सहयोग पुग्नेछ ।