साउन १ देखि वृद्धभत्ता बढ्ने प्रधानमन्त्री ओलीको घोषणा

प्रचण्डलाई उमेरको ख्याल गरेर अगाडि बढ्न सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमाम बोल्दै प्रधानमन्त्री ओलील वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढाउने बताए ।
प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए ।
सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुतर्फ संकेत गर्दै ‘कसैलाई आपत्ति लाग्ला । लागेपनि साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी दिँदै प्रचण्डलाई सुरु देखिनै मिच्ने बानी परेको भन्दै अब त्यस्तो नचल्ने बताए ।
उनलाई उमेरको ख्याल गरेर अगाडि बढ्न सुझाव पनि दिएका छन् ।
ओलीले जनयुद्धका समयमा प्रचण्डका हतियार र सेनासँग अरु डराए पनि आफू भने नडाराएको र प्रचण्डले गरेको काम गलत भन्दै हिँडेको स्मरण गरेका छन्।