एमालेको नेपाल समूहले कारबाही नमान्ने, अलग नि नहुने

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । पार्टीले हिजो वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई नेपाल समूहले नमान्ने र पार्टीबाट अलग पनि नहुने नीति लिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने नीति भएको पनि सो समूहको आरोप छ ।
आज बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकाल्दै नमान्ने निर्णय गरेको छ ।
अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको आरोप लगाउँदै नेपाल समूहले आफूहरुको सांगठनिक र वैचारिक गतिविधि विना रोकटोक कायम रहने स्पष्ट गरेको छ ।
सांगठनिक जीवनमा अलगअगग ढंगले क्रियाकलाप अगाडि बढेपनि हालसम्म फुटको तहसम्म नपुगेको वताउँदैल नेपाल निकट एक नेताले भविष्यमा के हुन्छ भन्ने कुरा ओलीका क्रियाकलापमा भर पर्ने बताएका छन् ।
नेपाल समूहका ११ जना स्थायी कमिटी सदस्यहरुले गरेको निर्णय यस्तो छ :