सरकारले संघीयता संस्थागत गर्न नसकेको कांग्रेस नेता सिंहको आरोप
झापा । वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्न नसकेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले सुशासन कायम गर्न नसकेको आरोप पनि लगाएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने ओलीको कार्यलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गरिसक्दा पनि ओलीले नैतिकताका आधारमा राजीनामा नदिनुले उनी कतिसम्म पदलोलुप रहेछन् भन्ने पुष्टि उनले बताए ।
संविधानतः वर्तमान परिस्थितिमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भए पनि त्यसतर्फ प्रधानमन्त्री केपी ओलीले तत्परता नदेखाएको सिंहले बताए ।
राष्ट्रिय राजनीतिमा देखा परेको अस्थिरता हटाउन असंवैधानिक सरकार हटाउन काँग्रेसले पहल गरिरहेको नेता सिंहले बताएका छन् ।