गजल
नेतृत्व गर्नेले गरे आराम भन्छन् नगर्नु पर्ने मात्र गरे काम भन्छन् घुस बिना काम गर्नै नजान्नेहरू फुर्सद छैन भन्दै ताप्ने घाम भन्छन् भ्रष्टाचार नगर्ने नारा लाउनेले त्यो नगरे हुँदैन कुनै दाम भन्छन् धार्मिक क्षेत्रमा अग्रसर व्यक्ति नै बनाउनु हुन्न है कुनै धाम भन्छन् सामाजिक सेवामा लागेको सबैले माग्ने संग रित्ति सक्यो गोदाम भन्छन् कसुर लागि सजाय पाउने बेला उनी हटाइदिनु मेरो नाम भन्छन् न्याय र विवेक सिकाउनकै लागि हो कलियुगमा चाहियो राम भन्छन्