कौसी खेतीमा आकर्षित गर्नका
लागि गुल्मीमा तालिम

कौसी खेतीमा आकर्षित गर्नका लागि गुल्मीमा तालिम दिइएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर एकको आर्थिक सहयोगमा गौतम बुद्ध कलेज अफ टेक्निकल एजुकेसन प्रा.लि.सिद्धार्थनगर नगरपालिकाको प्राविधिक सहयोग तथा सञ्चालन, नेचुरल एग्रो फर्म सुनवल नवलपरासी रुपन्देहीको सहजीकरणमा सदरमुकाम तम्घासमा तालिम दिइएको हो।

रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आर्थिक वर्ष २०७७÷७८ को कार्यक्रम अन्र्तगत थोपा सिँचाइ प्रणाली तथा गड्यौला मलको प्रयोगद्वारा कौसी तथा करेसाबारी प्रवर्धनका लागि यो तालिम सञ्चालन गरिएको थियो।

गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरिएको तालिमको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उदघाटन गर्नुभएको थियो। त्यस अवसरमा मेयर भुसालले नगरपालिकाले कृषिलाई बिशेष प्राथमिकता राखेर अगाडि बढेको बताउनुभयो।

कृषकहरुको सहजताका लागि नगरपालिकाले हाटबजार सञ्चालन गरि कृषि उपजहरुको बजारीकरण गर्दै आएको बताउनुभयो। यसबाट कृषकहरु हर्षित भएका मेयर भुसालको दाबी छ। साथै उहाँले अहिले वडा नम्बर एकमा सुरु गरिएको कौसी खेती प्रवर्धनलाई आगामी वर्ष अन्य वडाहरुमा पनि सञ्चालन गरिने बताउनुभयो।

कौसी खेती प्रवद्र्धनका लागि तालिम महत्वपूर्ण रहने बताउँदै अर्गानिक र ताजा तरकारीको प्रयोगका कौसी खेती महत्वपूर्ण रहेको बताउनुभयो। बजारमा पाइने बिषादीयुक्त तरकारीको प्रयोग गर्दा स्वास्थ्यमा समेत समस्या पर्ने भएकाले कौसी खेती मार्फत तरकारीमा आत्मनिर्भर बन्दै आयतित तरकारीलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो। यसबाट अर्गानिक तरकारीको प्रयोग गर्न पाइने बताउँदै स्थानीय उत्पादनले प्रोत्साहन समेत पाउने बताउनुभयो।

साथै रेसुङ्गा नगरपालिका वातावरण तथा सरसफाइ समितिका अध्यक्ष रामप्रसाद पन्थीले सोही कार्यक्रमलाई सहयोग पु¥याउने उदेश्यले कुहिने र नकुहिने फोहोर संकलनका लागि छुट्टाछुट्टै बाल्टीङ वितरण गर्न लागिएको जानकारी दिनुभयो।

तालिममा यस वडाका १२० जनाले उत्साहपूर्ण सहभागिता जनाएका थिए। तालिममा सहभागीहरुलाई प्रशिक्षक त्रिलोचन दाहालले कौसी खेती र करेसाबारी सम्बन्धि बिरुवा उत्पदान र फसल तयार हुँदा सम्मको अवस्थाका बिषयमा प्रशिक्षण दिनुभएको थियो। साथै गड्याली मल उत्पादन र प्रयोग, थोपा सिँचाइ सम्बन्धि प्रयोगात्मक रुपमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो।

तालिमका प्रत्येक सहभागीलाई, पाँच किलोको दरले गड्याली मल, गोरोब्याग र कोको पिट तथा प्रमाणपत्र वितरण गरिएको थियो। त्यस अवसरमा सहभागीको तर्फबाट शारदा पाण्डे र रामचन्द्र पन्थीले तालिम अत्यन्त व्यवहारिक र प्रभावकारी भएको बताउनुभयो।

दुई दिनसम्म सञ्चालन भएको तालिमको समापनका अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिले सञ्चालन गरिएको तालिम उपयोगी भएको पाइएकाले यो तालिमलाई आगामी वर्षमा अन्य वडाहरुमा पनि सञ्चालन गरिने बताउनुभयो। अहिले वडा नम्बर एकको वडा कार्यालयबाट तालिमको शुभारम्भ गरिएको बताउनुभयो।

वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले कौसी खेतीले धेरै पक्षहरुमा फाइदा पुर्याउने बताउनुभएको छ। ‘वडा नम्बर एक सदरमुकामको मुख्य बजार क्षेत्र पर्दछ।’ वडाअध्यक्ष पाण्डेले भन्नुभयो,‘यहाँ घनाबस्ती बढ्दै गएको छ। खेती योग्य जमिन घट्दै गएको छ।’ यस्तो अवस्थमा कौसी खेती मार्फत कृषिको प्रवर्धनका लागि यो कार्यक्रम सञ्चालन गरिएको पाण्डेले बताउनुभयो।

कौसी खेतीको प्रवर्धन गर्न सके तरकारीको बजार मूल्य नियन्त्रण समेत गर्न सकिने बताउनुभयो। घरबाट फालिने कुहिने फोहोरलाई घरमै गड्यौलाको प्रयोग गरी कम्पोस्ट मलको रुपमा प्रयोग गर्न सकिने भएकाले कौसी खेतीका लागि समेत यसले सहज हुने बताउनुभयो।

वडाकै अनुदानमा अहिले तरकारीका विरुवा वितरण समेत गरिएको वडासदस्य लक्ष्मी पाण्डेले जानकारी दिनुभयो। काँक्रो, घिरौला, सिम्लामिर्च, लौका लगायतका तरकारीका बिरुवा वितरण गरिएको पाण्डेले बताउनुभयो।

तालिम सञ्चालन लागि वडा नम्बर एकले रु १ लाख बजेट विनियोजन गरेको वडा सचिव राधिका पाण्डेले जानकारी दिनुभयो। वडाले तरकारीका बिरुवा उत्पादनका लागि रु ५० हजार छुट्टाएको थियो। जसमा चेतनसिल कृषक महिला समुहले नर्सरी स्थापना गरि विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरेको छ।

त्यस अवसरमा सहभागीहरुलाई ग्यास दुर्घटना हुनबाट न्युनिकरण तथा सचेतना सम्बन्धि जानकारी प्रदान गरिएको थियो। बजारमा आएको एल.पि.जि, मेजिक, अटो लक पाइप का बिषयमा प्रयोगगात्मक रुपमा यसका फाइदाका बिषयमा जानकारी दिइएको थियो।

‘ग्यास दुर्घटना हुनबाट बाचौं, दुर्घटना रहित जीवन जिऔं’ भन्ने मान्यताका साथ गौतम बुद्व कलेज अफ टेक्निकल एजुकेसन प्रालि र डायनामिक लाईफ केयर नेपालको समन्वयमा जानकारी प्रदान गरिएको गौतम बुद्व कलेज अफ टेक्निकल एजुकेसन प्रालिका व्यवस्थापक सागर पाण्डेले जानकारी दिनुभयो। तालिममा वडा सदस्यहरु शालिकराम पन्थी, मुकुन्दहरि गौतम, लक्ष्मी पाण्डे, तुल्सा परियार लगायतको पनि सहभागिता रहेको थियो।