एमालेका चार सांसदले ह्वीप उल्लंघन गर्दा मुख्यमन्त्री शाहीको पद जोगियो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकको दोस्रो सत्रमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन् ।
३९ सदस्यीय प्रदेश सभामा ३७ जना सांसद उपस्थित थिए । उनीहरु मध्ये मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसदले मत दिएका छन् । सो प्रदेशमा एमाले १९, माओवादी केन्द्र १२, नेपाली कांग्रेस ६ र राप्रपाका १ सांसद रहेका छन् । कांग्रेसले शाहीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो भे राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो । तर एमालेका चार जनाहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । उनीहरु एमालेका माधव कुमार नेपाल पक्षका हुन् ।
सो प्रदेशमा एमालेका २० जना सांसद छन् । एमालेको एकल सरकार बन्ने स्थिति थियो । तर चार जना सांसदले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकार जोगाइदिएका हुन ।