अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाइयो
काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।
मुख्यसचिव शंकरदास बैरागीमार्फत आफूलाई फिर्ता बोलाइएको जानकारी पाएको राजदूत दाहालले बताएका छन् ।
मुख्यसचिव बैरागीले राजदूत दाहाललाई टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेको जानकारी गराएको बताइएको छ । दाहाल नेकपा माओवादी केन्द्रको कोटामा राजदूत भएका थिए । पूर्वमाओवादी कोटामा तत्कालीन नेकपाले २०७६ जेठमा दाहाललाई राजदूत बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट दाहाल २०७६ असोज २८ गते राजदूतमा नियुक्त भएका थिए ।