उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म बढाइयो

काठमाडौं । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा २९ गतेसम्म बढाइएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको बताइएको छ । एक साता थप भएको अवधिमा निषेधाज्ञा थप कडा बनाइने बताइएको छ । पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।
अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको बताइएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको बताइएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको बताइएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।