४ मन्त्रीसहित १२ सांसदमा कोरोना संक्रमण

संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने !

काठमाडैं । संघीय संसदको यही २७ गते बस्दैछ । बैठकअघि गरिएको पीसीआर परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिनका लागि संसद बैठक आह्वान गरिएको हुँदा सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएको हो ।
बुधबार सभामुखसहित १ सय २८ सांसद, सचिवालयमा कार्यरत कर्मचारी लगायत बैठकस्थलमा सहभागी हुने ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ ।
सांसदहरु लक्ष्मणलाल कर्ण, पार्वती बीसी चौधरी, नरमाया ढकाल र रामबाबु कुमार यादबलाई कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ । ६ सय ९ जनाको परीक्षण गरिएकामध्ये संसद सचिवालयका तीन कर्मचारीमा पनि कोरोना देखिएको छ।
बाँकी सांसद र कर्मचारीको आज बिहीबार पनि स्वाव संकलन गरिएको सचिवालयले जनाएको छ । योसँगै अहिलेसम्म मन्त्रीसहित १४ जनालाई कोरोना पुष्टि भएको छ। मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, भानुभक्त ढकाल र जुलीकुमारी महतोलाई पनि कोरोना भएको छ।
रायमाझी र भट्टले भने माओवादी दल त्याग गरेपछि अहिले सांसद छैनन् ।
त्यसैगरी, एमाले नेताहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेशकुमार राई, पुष्पाकुमारी कर्ण र खिमलाल भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ।
संसद सचिवालय स्रोतका अनुसार कोरोना संक्रमण पुष्टि भएका सांसदले पनि विश्वासको मत दिने पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको छ ।
कोरोना भएका सांसद बैठकमा सहभागी नहुने तर मतदान भने गर्न पाउने गरी व्यवस्था मिलाइएको स्रातले जनाएको छ ।