थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भने ५० जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४८२ को परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०५ जना निको भएका छन् । निको हुनेको दर ७८.२ रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ३७७६०३ जनालाई संक्रमण भएको छ भने २९५३९५ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५७९ जना पुगेको छ ।