राष्ट्रियसभा सदस्यका लागि तीनको उम्मेदवारी दर्ता

काठमाडौँ । वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङ र स्वतन्त्र डा. खिमलाल देवकोटाले मनोनयनपत्र दर्ता गराएका छन् । डा. देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समुहको समर्थन रहेको बताइएको छ । डा. देवकोटा एमालेका नेता नेपाल समूहका नेता हुन ।
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय, हेटौंँडामा स्थापना गरिएको छ ।