महामारी रोक्न राजनीतिक दलहरूको भूमिका खोई ?

सम्पादकीय

मुलक कोरोना महामारीले अक्रान्त छ । अस्पतालमा अक्सिजन, आईसियु र भेन्लिेटरको अभाव भइरहेको छ । बेड अभावका कारण बिरामी अस्पताल परिसर बाहिरै उपचार गराइरहेका कारुनिक दृष्यहरु सामाजिक संजालहरुमा भाइरल बनेका छन । दैनिक आवश्यक पर्ने अक्सिजनको अभाव र हाहाकार यथावत छ । बिरामीले समयमा अक्सिन पाउन नसक्दा अकालमा मृत्युवरण गरेको समाचारहरु दिनहुँ आइरहेका पनि छन । अक्सिजन प्लान्टको व्यवस्था गर्न सरकारले सवै अस्पतालहरुलाई १५ दिनको अल्टिमेटम दिएको छ । तर सरकारको यो निर्णय कार्यान्वयनमा आउन सक्ने अवस्था कतिपनि छैन । यही कुराको जानकारी निजी अस्पतालहरुले सरकारलाई गराई सकेका पनि छन । तत्कालै अक्सिजनको उपलव्धतामा समयमा सहजता नआउने हो भने अझै धेरै बिरामीले अकारण र अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अझै बिद्यमान रहेको छ भन्दा फरक नपर्ला ।
यो कुरा सरकारलाई त झन थाहा नहुने कुरै छैन । उसले आफनो तर्फबाट निभाउनुपर्ने भुमिका निभाइरहेको पनि छ । तत्कालै सरकारको निर्देशन कार्यान्यन भएर अक्सिजन प्लाण्ट तयार भइहाले पनि ग्यास भर्नको लागि आवश्यक पर्ने सिलिण्डरको अभाव त्यतिकै छ । गैर आवासीय नेपाली संघको पहलमा केही सय थान ग्यास सिलिण्डर ओमानबाट आउन लागेको छ । यसैगरी सरकारको पहलमा उत्तरी छिमेकीमुलुक चीनबाट पनि सिलिण्डर आयात गर्ने काम सरकारको तर्फबाट भएको छ । यसका लागि सरकारको स्वामित्वमा रहेको नेपाल बायुसेवा निगमको जहाज ओमन र चीनतर्फ गइसकेका पनि छन । सरकारले नेपाली नागरिकको जीउ धनको सुरक्षा र बचाउको लागि आवश्यक स्वास्थ्य सामाग्रीको जोहो, तयारी र पहलका लागि काम गरिरहेकै छ । तर यो पर्याप्त भने छैन । सरकारको यो प्रयास र कसरतलाई हामीले स्यालुट गर्दै सकारात्मकरुपमा ग्रहण गर्नैपर्छ । नेपाल आफैं गरीव मुलुको हो । स्वास्थ्य सामाग्रीमा मात्र होइन अरु धेरै कुरामा पनि सक्षम र परनिर्भर रहेका छौं । २१ आंै शताव्दीमा पनि धेरै कुरामा हामी बिदेशीको भर पर्नुपर्ने अवस्था छौं । स्वास्थ्य सामाग्री उत्पादनमा त हामी झनै पर निर्भर रहेका छौं । तर साधन, श्रोत र आर्थिक रुपले धनी र सम्पन्न मानिएका मुलुकहरु पनि यतिवेला कोरोना महामारीको तीव्र चपेटामा छन ।
यसकारण यस्तो बिषम परिस्थितिमा सरकारले केही गरेन भनेर बिरोध गरिरहनु भन्दा हामी र हामीले आफनो तर्फबाट निभाउनु पर्ने दायित्व, भुमिका र कतव्र्यको पनि ख्याल राख्न जरुरी हुन्छ । सरकारले दिएको स्वास्थ्य निर्देशन र मापदण्डको पालना हामी सवै नेपालीले के कति गरेका छौं ? त्यस्को आत्मसमिक्षा हामी आफैंले गर्नुपर्ने बेला आइसकेको छ । हामी आफुले निभाउनपर्ने कतव्र्य र दायित्व पुरा नगर्ने तर सरकाररलाई मात्र दोष र गाली दिएर मात्र उम्किन मिल्दैन । आम नागरिकलाई महामारीबाट बच्ने र जोगाउनका लागि सु–सुचित गराउने र सरकारलाई आवश्यक सहयोग गर्ने दायित्व मुलुकमा रहेका राजनीतिक दलहरुको पनि हो । तर आजका दिनसम्म राजनीतिक दल, तिनका भातृ संगठनहरु यो महामारीमा नागरिकको जीउधन बचाउनका लागि आवश्यक रुपमा परिचालित हुन सकिरहेको पाईंदैन । जति पनि पहलहरु भएका छन संघीय, प्रदेश र स्थानीय सरकारको एकल पहलमा नै भइरहेका छन भन्दा अतियुक्ति नहोला । यसकारण मुख्य राजनीतिक दलहरुले मनैदेखि जारी महामारीबाट आम नागरिकलाई जोगाउनको लागि सरकारलाई यथाशक्य सहयोग गर्न आवश्यक छ । जनतालाई महामारीबाट जोगाउनका लागि दिनरात नभनिकन परिचालन गर्नको लागि कार्यकर्तालाई निर्देशन दिने र सरकारसँग हातेमालो गर्न उनीहरुले कति पनि ढिलाई गर्नु उचित हुदैन । चुनावमा जसरी नेता, कार्यकर्ता र शुभचिन्तकहरु खटिएर नागरिकको घर–घरमा पुगेर भोट माग्छन, त्यसरी नै अहिलेको महामारीबाट बच्नको लागि सर्वसाधरण नागरिकलाई संझाउने र स्वास्थ्य उपचारमा उनीहरुलाई खटाउन सकिएको खण्डमा महामारीबाट बचाउन सकिन्छ ।